कविता
केवलपुरे किसान “संघर्षको ठीक गर” ओइलाएर भएन काम गतिलो हे वीर नेपाली हो ! रुन्छौ नि कति आज देशभरका हे भाइ कंगाली हो ! क्रान्तिकारी कदम लिएर बढ्ने चर्को प्रतिज्ञा गर ! भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर ! जाली दानवका कठोर र तिखा कानुन कटाइकन सारा मानिसलाई प्रेम गर्दै राम्रो चलन ल्याउन गाउँमा बढ् फूर्तिसाथ डट लौ सब चेतनाले भर भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर ! कैयौं हेर मरे गए अझ कति मर्छन् यिनै पाटीमा झुन्डिन्छन् कति शोक विहृवल हुँदै डोरी कसी घाँटीमा देऊ वर्गीय चेतना घर घरै कत्ती नमानी डर भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर ! मर्का तन्त्र छँदैछ देशभरमा नौलो कहाँ के छ र ? जो अन्याय थियो अघि अझ बढ्यो लौ हेर देशैभर हाहाकार परेर रुन्छ जनता आवाज को सुन्छ र ? भिक्षाले हक पाइँदैन नि तीखो संघर्षको ठीक गर ! खेताला, मजदुर, छात्र, महिला ती खेतीवाला सब जागिरे, पसले र देशभरका ती र्सवहारा सब भेला भइकन लड्नुपर्छ नि बुझयौ कामोस् भूमि थर्थर भिक्षाले हक पाइँदैन तगडा संघर्षको ठीक गर ! चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण गर्ने छन् क...