कविता
केवलपुरे किसान “संघर्षको ठीक गर”
ओइलाएर भएन काम गतिलो हे वीर नेपाली हो !
रुन्छौ नि कति आज देशभरका हे भाइ कंगाली हो !
क्रान्तिकारी कदम लिएर बढ्ने चर्को प्रतिज्ञा गर !
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर !
जाली दानवका कठोर र तिखा कानुन कटाइकन
सारा मानिसलाई प्रेम गर्दै राम्रो चलन ल्याउन
गाउँमा बढ् फूर्तिसाथ डट लौ सब चेतनाले भर
भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर !
कैयौं हेर मरे गए अझ कति मर्छन् यिनै पाटीमा
झुन्डिन्छन् कति शोक विहृवल हुँदै डोरी कसी घाँटीमा
देऊ वर्गीय चेतना घर घरै कत्ती नमानी डर
भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर !
मर्का तन्त्र छँदैछ देशभरमा नौलो कहाँ के छ र ?
जो अन्याय थियो अघि अझ बढ्यो लौ हेर देशैभर
हाहाकार परेर रुन्छ जनता आवाज को सुन्छ र ?
भिक्षाले हक पाइँदैन नि तीखो संघर्षको ठीक गर !
खेताला, मजदुर, छात्र, महिला ती खेतीवाला सब
जागिरे, पसले र देशभरका ती र्सवहारा सब
भेला भइकन लड्नुपर्छ नि बुझयौ कामोस् भूमि थर्थर
भिक्षाले हक पाइँदैन तगडा संघर्षको ठीक गर !
चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण
गर्ने छन् कि ती मित्र राष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो नछो अब नछो ! इन्कलाबी नारा भर
भिक्षाले हक पाइँदैन गतिलो संघर्षको ठीक गर !
लग्लग् कामीसके ल हेर छिचरा साम्राज्यवादी जति
तिनकै चाकरीदार यी अब छिट्टै रोएर जालान् सती
मीठो मानववाद बढ्छ दिनहुँ लौ हेर चारैतिर
नेपाली बन लौ भिरेर खुकुरी पारेर ठाडो शिर !
पल्टाऊ इतिहास हेर विचरा ती थैली शाही सब
बिग्रे, खेर गए मरे, सब सडे फोस्रो छ त्यो गौरव
ढोका भित्र कुँदेर हुन्न अबता संसार धावा गर !
भिक्षाले हक पाइँदैन नि कडा संघर्षको ठीक गर !
खाली पेट छ खान छैन घरमा पाइन्छ आश्वासन
नाङ्गो देह छ वस्त्र छैन करमा के काम यो भाषण
रातो रक्त उमाल भक्भक् छिट्टै नेपालका हे धन !
देलान् आशिक ती तर्राई चुचुरा पाखा पखेरा वन ।
मर्नुपर्दछ वीरले समरमा पारेर छाती खुला
पर्नुपर्दछ देशका जति पनि चुसेर खाने दुला
राम्रो जोश लिएर होस सितको चड्कै परेझैं गर
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर !
ती साहित्य कला र संस्कृति उपर गर्दै ठूलो आदर
सच्चा हे जनसेवी साथीहरू हो ! लौ विश्व मोर्चा गर !
आजादी प्रगति र शान्तिपथको कर्नाल फुक्दै गर
भिक्षाले हक पाइँदैन दरिलो संघर्षको ठीक गर ।
चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण
गर्ने छन् कि ती मित्र राष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो नछो अब नछो ! इन्कलाबी नारा भर
भिक्षाले हक पाइँदैन गतिलो संघर्षको ठीक गर !
दीपेन्द्र के. सी. “नवयुग !”
ए फतुरो !
तँ फगत घोषणा गर्छस्
खोक्रो नवयुगको !
हेर त एकचोटी
तैले घोषणा सुनाउन
जम्मा पारेको भीडलाई
कुुपोषित नाँगा देहहरु !
एकचोटी तिनका फाटेका पैताला
फर्काएर हेर त
त्यहाँ भेटछस तेरो नवयुग !
तेरो भाषा उ त्यो
अल्लारे बुझदैन
उसको स्कूल
तेरो वमले उडाउँदा
उ स्कूलसँगै लाटो वहिरो भएको छ ,
उ नसुनेर, नवुझेर टाउको चलाउँदा
तँ स्वागत ठान्छस नवयुगको !
दिन्छु धेरै भनेको थिइस्
तँ सँग छैन केही
त्यही भएर अहिले
कुरा घुमाउदैछस्
कपडा फेरेर, झण्डा फेरेर
आउँदैन नवयुग !
फेरि कपडा पनि कति फेर्छस्
तँसँग कपडा बनाउने कपास पनि छैन
उहिले तैले
कुन्नि केको अवशेष भनेर जलाइसकिस;
सीधै भन्दा–
तैले गास, वास, कपास
दिन्छु भनेको होस्
तर हैसियत छैन तेरो
तैले सकेनस्
वास्तवमा तँ सक्दैनस पनि
सके त नगरौं थिएन होला वरा !
पहिलेका झैं ।
तैपनि तँ कुरो घुमाउन सिपालु छस्
त्यसैले भकाभक घोषण गर्दैछस् नवयुुगको !
वाचामात्रै जीवित राख्न ।
तेरो फतुरो नपत्याएपछि
अहिले तँ कसमै खाएर भन्दैछस्
आइसक्नै लागेको छ नवयुग !
अर्काले बनाएको घर
धुन्धुकारीहरु लगाएर
भत्काएरै दिन्छु भन्दैछस्
१०८ जातका भाईहरुलाई
प्लटिङको चिरा लगाएर,
मुख थुन्दैछस् तिनीहरुको
अनि भन्दैछस्
गर खाउ !
तर पटमूर्खहरु !
बनाउने भए किन भत्काउथे र !
गर्ने भए किन खोस्थे र !
लड्छन सकेसम्म
मिच्न, लुटन, मानर््, खान
अनि नसक्नेहरु
वेचिदिन्छन सस्तो मूल्यमा
उत्तर–दक्षिणका छिमेकीहरुलाई
परेर शरणमा
त्यतिवेला वल्ल आउनेछ
तेरो नवयुग !
तर अभागी तँ
त्यसको स्वागतमा तँै हुनेछैनस्
किनकी तँ
चेपिइसकेको हुुनेछस्
इतिहासको कालो पानामा !
अनि पश्चतापका आँशु
भेटी पठाउनेछस् टुक्रिएको नवयुगलाई !
बागलुङ , हाल ओस्टेण्डे बेल्जियम ।
कृष्ण बजगाईं – “सहरमा पसिना”
मगमगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउँछ हँ
सहरलाई तिम्रो पसिना ?
तिम्रो पसिनाको बिरुद्ध
पसल थापेको छ सहरले
बेच्दछ महँगोमा
पसिना भन्दा नमिठो परफ्यूम ।
पसिना भन्दा सुगन्धित
कुन सुगन्ध छ संसारमा ?
परिश्रम भन्दा मिठो
कुन फल छ संसारमा ?
छिनमै हावामा बिलाई जाने
परफ्युम भन्दा
जीवन जगतमा मगमगाई रहने
पसिनाको सुगन्ध सुँघी हेर ।
सहर, मान्छे भन्दा बाठो,
ब्यापार, मान्छे भन्दा चतुर
तिम्रै पसिना सस्तोमा किनेर
रंगीचंगी स्टिकर टाँसेर
महँगोमा बेच्दछ सहर ।
लाज पचेका सहरका मानिसहरु
पसिनाको मुल्य थाहा नपाए जस्तो गर्दछन् ।
सहरका मानिस
पसिनाले नै घाँटी रसाउँछन्
सहरको सबै झिलिमिली
पसिनाकै मोती दाना हुन् ।
पसिनाको स्वाद नूनिलो हुन्छ ।
‘नूनको भारा तिर्न गाह्रो हुन्छ’– परम्परा बोल्छ ।
कसरी बिर्सन सकेका हुन्
सहरका मानिसहरुले परम्परा ?
लन्डन, बेलायत
नवराज शर्मा “नयाँ वर्ष”
पहेलो बालहरु झरेर
नयाँ पालुवाको स्थान लिएपछि
हरेक वर्ष बसन्त आउँछ
हरेक तेह्रा महिना नयाँ वर्ष बन्छ।
वन उपवनमा फूलहरु ढकमक्क छन्
प्रकृति यथागतिमा चलायमान छ,
मानिसको भावनाको संसार
प्रकृतिको योगदानको आँसिएकोले लाग्छ,
केही वर्षयता बैशाखे मुनाहरु
मावन हृदय आल्हादित गराउँदै
हाँसेको छैन,
कोपिला त के फक्रेका फूहरु पनि
मुस्कुराउँदै अंगालो हाल्न
आए झै लाग्दैन।
विवस छन् मुनाहरु
रगतको आँसु चुहाउँदै
बेसरा कर्कस ध्वनिमा
सुरमा सुर तालमा तालमिलाउन र,
रक्त पिपासु पदचापहरु
हृदयको धुक्धुकी समेत आठ्याएर
करैसैमा हिड्दा
सन्त्रस्त आर्तनाद
चुपचाप–चुपचाप सुनिरहन 219
युगौदेखि पत्रै पत्रले थिचिएका
भू गर्भबाट उम्मेर आउने लाभा झै
टाउको उठाउन खोज्दैछन् बचेराहरु
उनीहरुलाई टिप्न
चीन आकाशमा मडारिई रहेछ
मुनाहरु बचेरालाई सूचना दिन सक्दैनन्
आफ्नो असमर्थताप्रति हिनताग्रस्त छन्
अभिसप्त छन् मुनाहरु
आकाशबाट झम्टा मार्दै
बचेरा टिप्ने चिलले ढुक्न छोडेको छैन
चराको जोडी आ–आफ्नो गुँडमा आएर
फूल पार्ने बचेरा जन्माउने कर्म छोडको छैनन्
चिलको आहार बन्नु पर्ने डरले
त्यसैले बचेराहरु जन्मने क्रम रोकिएको छैन।
गुँडबाट उभिदै आकाशमा
स्वतन्त्र बिचरण गर्ने उ नीको धोको
कहिल्यै मरेको छैन।
फूलहरु छन्
कोपिँ मुनाहरु पनि छन्
उनीहरु आतूर छन्
नव प्रभातको किरणसागै
युगान्तकारी लक्षणयुक्त
नवागन्तुकको गलाको माला बन्न
तर विवश छन्
रक्तर… धुमिल आकाशमा
भस्मा सुरको गलामा भुण्डिन
त्यसैले व्यग्र छन् फूलहरु
यो अभिसप्तताबाट मुक्तिको लागि
फूलहरुको ठम्म्याई छ
राक्षसको गलाको सभा बन्नु
पालो लाएर आत्महत्या गर्नु सरह हो
तै पनि उर्दिवालका जर्खरिएका पासविक हातहरु
टिप्छन् बोटबाट र
मुटु छेड्ने सियो रोपेर
जबर्जस्ती झुण्याउन यम गलामा
विवस छन् फूलहरु पिचास छातिमा
रुँदै रुँदै झुण्डिन
रात रहुन्जेल न हो
निशाचरहरुको बिगबिगी
सवैले बुझेका छन्
उज्यालो हत्केलाले छेकेर छेकिन्न
इतिहासको रथ पछाडि फर्कदैन
किनभने त्यो अगाडि बढ्दै जाँदा
पछाडि खाडल बन्दै जान्छ
तै पनि बल गर्दैछन्
आफ्नै विहान तर्फको यात्रातर्फ
इतिहासलाई फर्काउने
अन्तिम प्रयासमा
भो–भो बल नगर
पूर्व उज्यालो हुनै लाग्यो
झ्याउँकिरीको भाका फेरिसक्यो
आफू उभिन्डो परेर
दुनियालाइ देख्ने
चमेरोले समेत ओडारको बाटो तताईसक्यो
उज्यालो उसको शत्रु
संकेत पाइसक्यो
घुम्दै फिर्दै नयाँ गतिमा
तह्रौं महिनामा प्रवेश गर्ने
नयाँ वर्ष आईसक्यो।
गायत्री विष्ट “सङ्घर्षको मैदान”
नीलो आकाशमा
मडारिरहन्छन् काला बादल
युद्ध चर्किरहन्छ घनघोर । शुभ्र भाष्कर
चिरेर बादलको छाती
धर्तीलाई न्यानो पार्दछ
आभा छर्दछ मृत्तिका कणकणमा ।
सङ्घर्षमा उत्रनेहरूका लागि
प्रेरणा यही होइन र ?
पाइला पाइलामा कहाँ छ र ?
नीलकाँडाहरू नबिझेका
चसचस नदुखेको
कहाँ छ र घाइते मुटु ?
बग्रेल्ती छेपाराहरू मौलाएको यो युगमा
साङ्घातिक आक्रमण कहाँ हुँदैन र ?
मर्दैनन् विचारका रक्तवीजहरू
क्रूर नङ्ग्राले कोपरिएर घाइते हुँदैमा ।
असमानताको गहिरो खाडलमा
दारुण व्यथा बोकेर रुमलिनेहरूको माझ
समानताको प्रज्वलित दीप बालेर
विचारका रुक्तवीजहरू
ज्वालामुखीजस्तै विष्पोट हुन्छन्
ज्ञानका ज्योति छरेर ।
सर्वत्र गिद्देदृष्टि फैलिएको
एक्काइसौं शताब्दीको पूर्व सन्ध्यामा
यात्रामा आफूलाई बन्धकी नराखी
को सामेल हुन सक्यो ?
षड्यन्त्रको वैशाखी टेक्नुपर्ने बाध्यता
निरन्तर कायम रहन सक्दैन
पक्षघातको जालो बुन्नेहरूलाई के थाहा ?
जिन्दगीले क्रूरता फुटाल्छ भनेर ।
महेन्द्र अदृश्य राई “जून, कला र म”
गीद्द चिल र वाजको उडान भन्दा माथि
त्यहा हावा छैन पानी छैन
अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन
तर पनि युगौंदेखि
चम्किलो धम्किलो बनेर
धर्मको हरफहरुमा ज्ञान छरेर
बाँचिरहेको छ ।
जन्मदा नै सगरमाथाले देखेको जून अनी
तल ब्रम्हाण्डकै सर्बश्रेष्ठ धर्तिमा
अन्धबिश्वासको सेतो कपडा ओडाएर
अर्धमृत एउटा आत्मालाई
संस्कृतिको गोदाममा थन्काईएको छ
हावा पानी सँग लजाउनुपर्ने
आकाश पातालसँग मन बुझाउनु पर्ने
उर्दि जारि गरिएको छ
संस्कृतिको पण्डितहरुबाट
हासो भित्र रोदन
मुास्कान भित्र क्रन्दनले
क्षतबिक्षत बनाएर
निधारमा कालो तुल झुण्डाईएको छ ।
जहाँ लेखिएको छ ।
स्वामि बिहिन बिधवा
अनि शास्त्रको रिमोटले चलाएमान छन्
सुन्दर गाँउहरुको सुन्दरी कलाहरु ।
त्यो माथिको जून
यो तलको कला
बारम्बार
जूनलाई आधा रातमा देखेर
हाँस्न छोडेको कला
खित्कौली छोडेर हास्छन्
त्यसै दिनहरुमा
ग्रहहरुको चेपबाट कलाको अबश्थामा चिहाउदै
अमिलोतितो आभा छरेर
कसैले नदेख्ने गरि नाच्छन् जून
एक दिन सम्साझैं
मैले जुनलाई सोधे
ए…………जून
भूपिको कबिताको हरफमा
कत्तिको सत्यता छ हँ
रुन्छ पो शीतहरु प्रेर ।
त्यहि दिन
मैले कलालाई सोधे
ए……………कला
तिमीलाई देखेर म भ्रमित हो
या त तिमी त्यस्तै छ हौ
कला बोल्न खोज्छे
राता राता गालामा
आशंकाको कालो रेसाहरु मडार्दै
जूनका उत्सुकतामा बादल परेछ
पानी पर्ला पर्ला जस्तो भयो
परन्तु मेघ गर्जन पाएन ।
कला उिठ
सिमसिममा केहि मन भिजे जसरी
गर्जनाको गर्जन चड्कियो
मेरो मुटुमा
मेरो कानमा
स्वतन्त्रताको नाममा माकुरी जालो
म हेर कहिल्यै लाउदिन
संस्कार र ईज्जतको भ्रममा
कालो धुवाभित्र बस्दिन
राता राता समयहरुमा
यो सेतो कत्ति सुहाएन मलाई
शब्दहरुको बर्षा भयो
ऊ लागि घर तिर
जून लाग्यो पर तिर।
म भने
त्यहि बर्षामा भिजाएर बसे
तन र मन दुबै।
धेरै जाडो भयो मलाई
मुखबाट तातो श्वाश बहदै थियो।
कलाको समिपसम्म सायद
जूनको अर्धगोलाकार आयतन सम्म सायद
अब मैले
तौलहिन अन्धबिश्वासमा
मेरो अठोठको ढक तराजु राखेर
अर्को तिजसम्ममा मैले जोख्नुछ
एकापट्टि अन्धबिश्वास र
अर्को पट्टि
कलाको चाहाना
जूनको समर्थन
र
मेरो ढक तराजुको टनहरु…
बिण्णुपादुका ४, सुनसरी
कृष्ण बजगाईं “आँखा र सपना”
खुल्लै आँखाले पनिकसरी देख्न नसकेको हँ ?
आँखा चिम्लेर महिर्षिले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराई देखे
आँखै खोलेर पनि
नदेखे जस्तो किन गर्नु ?
आँखा चिम्लेर पनि ब्यूँझि राख्नु– बुद्ध
आँखा खोलेर पनि नदेख्नु– राजनीति
कसरी असरल्ल छाड्न सकेका
आँखाहरु सडकमा ?
जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन तरुनीहरु ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरु ?
कसले भन्यो
राजनेताहरुको आँखा घिच्चुकमा हुन्छ ?
हाम्रै आँखा अगाडि छट्टू राजनेताहरुले
कसरी झुक्यार लगेकाछन्
जनताको आँखाको नानी,
र टाँसी दिएकाछन् उनीहरुको आँखामा सपना ।
सपनाको आकार हुँदैन
सपना साकार हुँदैन
–भन्ने जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरुले आआफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्दछ
कसरी चलाउँछन् अन्धाहरुले शासन ?
– सुशिल घिमिरे ‘त्रैलोक्य’ – मुक्ति
सन्त्रास रात अनि अनिदो निद्राझैं जीवनवेदनाका स्वरहरू, कृत्रिम फलझैं
जेलिएको, अल्भिmएको वा अल्झाइएको कृत्रिमझैं जिन्दगी
तर प्राकृतिक सहवासको कामना
हिलोमा फुलेको कमलको फूलझैं
अनि काँडाबीच झ्याङमा टिप्न नसकिने फलझंै
कोही घेरिएको परिवन्दबाट
स्वतन्त्रताको आवाजले फलामको नेललाई तोड्दै
मात्र अन्धकारमा रुमलिएको
र कोलाहलमा दविएको स्वर लिएर
भत्किएका बाटाहरूमा, हराएको बैशाखी खोज्दै
स्वतन्त्रताको एउटा आवाज गुञ्जिरहेछ …..
शब्दको वाणहरूको प्रतिकार घेराहरूलाई चिर्दै
लोलाएको ओठहरूबाट
वर्तमानको तिरस्कार सहदै
दलित नामको पगरी फाल्दै
स्वतन्त्रताको ओढ्नेमा
गुटमुटिन खोज्छ
अनि चार जात छत्तीस वर्णको
फुलबारीमा मिसिएर फुल्न खोज्छ
धमिलिएको नदीमा
ऊ एक्लै कर्मठ डुङ्गा चढेर
इमानदारीको नाउ खियाउदै
एक्लै फलाक्दैछ…………..मुक्ति…………मुक्ति
स्वतन्त्रता मुक्ति……….. स्वतन्त्रता ।
जामुनगाछी ६, विराटनगर
गायत्री विष्ट “सङ्घर्षको मैदान”
नीलो आकाशमामडारिरहन्छन् काला बादल
युद्ध चर्किरहन्छ घनघोर ।
शुभ्र भाष्कर
चिरेर बादलको छाती
धर्तीलाई न्यानो पार्दछ
आभा छर्दछ मृत्तिका कणकणमा ।
सङ्घर्षमा उत्रनेहरूका लागि
प्रेरणा यही होइन र ?
पाइला पाइलामा कहाँ छ र ?
नीलकाँडाहरू नबिझेका
चसचस नदुखेको
कहाँ छ र घाइते मुटु ?
बग्रेल्ती छेपाराहरू मौलाएको यो युगमा
साङ्घातिक आक्रमण कहाँ हुँदैन र ?
मर्दैनन् विचारका रक्तवीजहरू
क्रूर नङ्ग्राले कोपरिएर घाइते हुँदैमा ।
असमानताको गहिरो खाडलमा
दारुण व्यथा बोकेर रुमलिनेहरूको माझ
समानताको प्रज्वलित दीप बालेर
विचारका रुक्तवीजहरू
ज्वालामुखीजस्तै विष्पोट हुन्छन्
ज्ञानका ज्योति छरेर ।
सर्वत्र गिद्देदृष्टि फैलिएको
एक्काइसौं शताब्दीको पूर्व सन्ध्यामा
यात्रामा आफूलाई बन्धकी नराखी
को सामेल हुन सक्यो ?
षड्यन्त्रको वैशाखी टेक्नुपर्ने बाध्यता
निरन्तर कायम रहन सक्दैन
पक्षघातको जालो बुन्नेहरूलाई के थाहा ?
जिन्दगीले क्रूरता फुटाल्छ भनेर ।
जे एन दाहाल – “उल्टो युगको मानिस”
अँधेरी सुत्छ झिस्मिसे उठ्छ अँधेरी देख्द छनयन भित्र लागेछ जाली उभिण्डो लेख्द छ
भन्द छ दोषी लाउदै यहाँ संसार कस्तो छ ?
त्यो लोभी पन , घमण्डी मन मानिस उस्तो छ।
उल्टो ऊ खेद्छ बात नै पिछे किन हो त्यसरी
बोतल भित्र जीवन देख्छ पिएर बेस्सरी
शीक्षीत मान्छे बनेन अझै खै कैले बन्दछ ?
भएर दृस्टी उ आफै अझै देख तैन अन्धो छ।
ओरालो हिड्छ उकालो चड्न सिकेन कहिले
भीरको ढुङ्गो झर्द छ मुनी पल्टदै जहिले
निन्द्रामा बित्छ आधा यो जीवन समाती सिरानी
संझन्छु कैले झस्केर उठ्छ मानिस विहानी।।
न सिकाउनु परोस गल्ती आफैँ ऊ जान्द छ
लामो त्यो हात पार्नु र धुत्नु तै ठूलो मान्द छ
के भन्नु भावी जीवन यस्को देखीन्छ कस्तो छ
त्यो लोभी पन , घमण्डी मन मानिस उस्तो छ।
हाल : मासाचुसेट्स अमेरिका
प्रकाशीत कृती : सन्ध्या ( गजल काव्य ), त्रिकोण ( सामुहिक रुबाई संग्रह )
कृष्ण बजगाईं – “आँखा र सपना”
खुल्लै आँखाले पनिकसरी देख्न नसकेको हँ ?
आँखा चिम्लेर महिर्षिले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराई देखे
आँखै खोलेर पनि
नदेखे जस्तो किन गर्नु ?
आँखा चिम्लेर पनि ब्यूँझि राख्नु– बुद्ध
आँखा खोलेर पनि नदेख्नु– राजनीति
कसरी असरल्ल छाड्न सकेका
आँखाहरु सडकमा ?
जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन तरुनीहरु ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरु ?
कसले भन्यो
राजनेताहरुको आँखा घिच्चुकमा हुन्छ ?
हाम्रै आँखा अगाडि छट्टू राजनेताहरुले
कसरी झुक्यार लगेकाछन्
जनताको आँखाको नानी,
र टाँसी दिएकाछन् उनीहरुको आँखामा सपना ।
सपनाको आकार हुँदैन
सपना साकार हुँदैन
–भन्ने जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरुले आआफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्दछ
कसरी चलाउँछन् अन्धाहरुले शासन ?
ब्रसेल्स, बेल्जियम
सन्जु बजगाईं – “आमा र डिजिटल सपना”
कान्ला खन्ने कोदालोका दोब्रिएका धारहरुलेखाल्डाहरुमा लाश चाख्न थालेको देखेर
सालघारीमा सुसेल्दै हिँड्ने
नौजवान
मुङ्गलान भासिदैछन्
आँखामा अनिदा रहरहरु च्यापेर ।
चुहिने घरको फुसको धुरी
बर्षातको चेतावनी
मुटुमा च्यापेर
पीडा बाँचिरहेछ बर्षौदेखि,
मुङ्गलानेको आफ्नो धर्ती
केवल फुङ्ग माटो बनेर
छटपटाईरहेछ तिर्खाहरुमा
काकाकुल भएर ।
खडेरी परेको आमाको कोख,
सुत्केरी भएको भ्रम कोट्याउँदै
आँगनमा सन्तान खोजिरहेछ,
भूत, प्रेत, नरपिचाश बेरिएको वायू
घुम्छ रे आजकल वस्तिहरुमा,
आधारातमा शंख फुक्ने जोगी
भुस्याहा कुकुरको धम्कीले
थरथराएपछि
शंख बज्दैनन्…..
साईरन बज्छन् गल्लीहरुमा ।
ऊ,
मुङ्गलानको ठिमाहा चरित्र,
आफ्नै आमा बिर्सिएर
फेसबुकका पाना पल्टाउँछ
र
आवाद गर्छ
अप्राकृतिक मसीका काला थोपाहरु
ईमान्दारीताको बिजयप्राप्तिमा ।
समय म्याराथुन दौडिरहेछ,
आमा नाङ्गलो उठाएर
चन्द्रमा चिहाउँछिन् अझैपनि
जोड र घटाउका सिलशिलाहरु
उनका हातका औलाबाट
फुत्किई सक्दासम्म पनि
दुई बीस,
अनि
चारकोरीको गन्तीले
लपक्क लिपेको भकारीमा
एउटा सग्लो बर्ष भर्छिन्
र खुशी देख्छिन् हलुङ्गेका थालहरुमा ।
त्यो ठिमाहा चरित्र,
हरेक साँझ
मुङ्गलाने ईन्द्रेणी आँखामा टाँसेर
आईरीस क्याफेको ढोका चाहार्छ
जीवन्त तन्तुहरुमा गर्व भरेर ।
रात मस्त नशाको
सिरक ओढेर
झुल्के घामसँगै बिदा हुन्छ
आज, भोली, पर्सी गर्दै
धेरै रात ओर्लिए बिहानीमा
तर,
ऊ डिजिटल युगमा बाँचेको मान्छे
आमा भेट्ने दिन कहिल्यै आएन
उसको डिजिटल सपनामा ।
जगदीश घिमिरे –“गोष्ठी”
ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमाठूला टाउका ठूलो गिदी
ठूला कहलाइएका मान्छेका माझमा
वाद हुनेछ
विवाद हुनेछ
प्रतिवाद हुनेछ
भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ
हाम्रा पीरमर्काका कुराहरू
हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू
हामीमाथि श्रध्दा आस्था
आजका अन्धकार छिँडीका अन्धकारमा
भोलि घाम लाग्ने सपनाहरू
आयोजक कोही होस् समस्या कस्तै होस् बोल्ने कुर्लने
तिघ्रा ठटाउने पहलमान कुनै होस्
नाफा हुँदा नर नाफा नहुँदा नारी वा जे पनि हुने नेता कुनै होस्
समुद्र नै फड्कने सञ्जीवनी पर्वत उचाल्ने हनुमान् कुनै होस्
अभिनेता कुनै होस् पत्रकार कुनै होस् बुध्दि बेचेको
बुध्दिवादी–अवसरवादी कुनै होस् – केही फरक पर्दैन
कसैको पनि कसैसँग पति वा पत्नी
कसैसँग कसैको मुलुक
कसैको कसैसँग सिध्दान्त
साटिनुको केही अर्थ छैन
कसैको भाषण कसैका नाउँमा छापियोस् कसैको टाउको
कसैका गीँडमा पलाओस् कसैको नाकको टुप्पामा
चक्षु पलाओस् – केही अर्थ छैन
सब जनतालाई धोखा दिने हुन् –
पदका लागि
प्रतिष्ठाका लागि
शक्तिका लागि
पेटका लागि
नरका लागि
नारीका लागि
रक्सीका लागि
यिनीहरू रछानलाई चिनी–चिनी अरू अगाडि
नचिने झैँ गरिदिन सक्छन्
कुह्यानलाई प्रतिष्ठान भनिदिन सक्छन्
मुखलाई चर्पी स्वीकार गर्छन्
हाम्रा अगुवाहरूको लस्कर अघि लागेको छ
हामी बिचरा बचेराहरूलाई उपदेश दिँदै चन्द्र विजय गर्न
हामी निहुरिन सिपालु छौँ योग्य नागरिकझैँ
योग्य राष्ट्र–राष्ट्रवादीझैँ योग्य शिष्यझैँ योग्य पुत्रझैँ
योग्य रैतीझैँ योग्य पछुवाझैँ
यस नयाँ हिमयुगमा
यस हिमनदीको भेलमा
भनन बिन्ती हामी कहाँ छौँ ?
परमानन्द सापकोटा –“प्रेम”
हाम्रो प्रेम त दुई मनको पिंजडा थियो प्रियताल्चा हामिले नै लगाएका थियौ ।
चाबी त हामीसँग मात्र थियो
संग संगै खोल्ने वाचा गरे कै थियौ ।
तिम्रो हातको चाबी हरायौकी कसैले चोरीदियो प्रिय
की त नाट्यकर्मिको भूमिकामा थियौ ।
संसार पनि त एक नाटक घर नै हो प्रिय
अकस्मात किन खलनायकको भेषमा आईदियौ?
फलामका डण्डिभन्दा बलिया मेरा भावानालाई प्रिय
पिंजडाकै कसिङ्गर बनाईदियौ
तर थाहा छैन तिमीलाई प्रिय
मेरो जिवन अर्कै पिँजडा बनिदियो ।
म पनि त ब्याकुल बनेको छु नि प्रिय
समय र परिस्थितिले ताल्चा लगाईदियो ।
के शिशिर पछि बसन्त आऊदैन र प्रिय
देख्ने आँखालाई नै अन्धो बनाईदियौ ।
मुकेश राई – “अबिरल बहिरहेछ माई र जोगमाई”
उषाको लाली बनी स्पर्श गर्छ सुर्यको नवज्योतिलेजब श्री अन्तु र सन्तकपुरको शिखर
ब्युझन्छन जगत एक भई नवनिर्माणमा
जुटछन सारा नेपाली बोकी सुनौलो आकांक्षा प्रखर
असीमित निलगगनको आँचल तल
टलपल शितका मोती बटुलेर सिँगारिन्छे हरियाली चियाबारी
हरदम दुईपाते सुइरो बोकी एकताको माला गाँस्न
प्रयत्नरत छन फिक्कल र कन्याम
सिद्धीको चन्चल छङ् छङ् कहीँ
नागबेली बनी सुसाइ रहने यहीँ छ सुनमाई
शरद ऋतुमा नाची हिंड्ने नवरङी पुतली झै
मन मस्तिस्क भरी बसेका छन मेरो सुन्दर गाउँ
अनि बालापन
ति मयुरपंखी दिनहरुका धुमिल यादहरुमा
समेटिएका मेरो बर्तमान परदेशी परिबेश
बिबश, वाध्य म छोडि आएँ त्यो प्यारो घरदेश
श्री अन्तु वर्षौंदेखि अतिथी आगमनमा सु-स्वागत भनी उभिएकै छ
सल्लेरी र जितपुर ईलामलाई हरीयालीले श्रीगाँरेर मुस्काइ रहेकै छ
कहिले लालुपाते,चाँप,गुराँश र चिमलको सप्तरङमा सजिएर सन्तकपुर
कहिले बादलको घुम्टो ओडी
न्यानो आभाष दिएकै छ देउराली
सुन फल्ने सुनमाई बेंशी, बुधबारे र दानाबारी
मङसिर पाकेर पँहेलपुर बनी सजिन्छे
बर्षौ भयो ईलाम त्यहिँ छे, परिबेश् त्यही छ
असारे रोपाई र हक्पारे घन्कीरहेकै छ,
शायद बद्लिएका छौ त हामी परदेशी
भुलेका छौ त हामीले हाम्रो संस्कृति
माई र जोगमाई फर्की आउ परदेशी भन्दै
याचना गरेर पहाड, बेसीं, खोंच र तराइ बन्दै
खोला र सागर भएर हामीलाई खोजी रहेछ
यसरी नै सधैं-सधैं
परदेशी मनमा देशप्रेम छर्न बिदेशमा बिलिन नभै
घरदेशको यादहरु समेटेर अस्तित्व बचाइ राख्न
आव्हान गर्दै अबिरल बहिरहेछ माई, जोगमाई ।
आनन्दप्रसाद शर्मा –“किसान”
किसान आफू पसिना बगाई ।कमाउँछु जीवन धान्नलाई ॥
जमाऊनु छैन केही कमाई ।
रमाउंछु तापनि रम्नचांही ॥
रविसगै पुग्दछु खेतमाहा ।
शशीसगै फिर्दछु गेहमाहा ॥
जाडो र गर्मी यी झरी बतास ।
सन्ताप मन्मा रती हुन्न खास ॥
मेरो अरु छैन केही कमाई ।
आफ्नै पसिना श्रम यो बगाई ॥
यी खेतबारी हरिया बनाई ।
उब्जाउछु एक मानु मलाई ॥
चाहन्न ऐश्वर्य सुखभोग गर्न ।
पाए खुशी छु मुखहात जोड्न ॥
ईश्वर तिम्रो करुणा पलावस् ।
सुख्खा नलागोस् असिना नआओस् ॥
म किमकर्तब्यबिमूढ हुन्न ।
अल्छ्याईको चिन्ह ममा हुदैन ॥
बासी ढुसी भोजन हुन्न मेरो ।
छ मुख फुस्रो भरिलो कलेजो ॥
ज्ञानेन्द्र गदाल – “दिलको पुकार”
आँखामा अनन्त चाह छमुटुमा गहिरो प्यार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार ।
जून दिउँ कि तिमीलाई शीतलता जूनको
फूल दिउँ कि तिमीलाई कोमलता फूलको
दिन सक्छु हिरा-मोती
या, मायाको जुहार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार ।
आकाश दिउँ कि तिमीलाई व्यापकता आकाशको
उज्यालो दिउँ कि तिमीलाई अनुभूति प्रकाशको
दिन सक्छु आडम्बरी
या, दिलको पूकार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार
कोलोराडो, अमेरिका
रामकुमार श्रेष्ठ –“एउटा आत्मा कहानि”
कामै के छ र ए साथी होत्यसैले सुन न त एउटा आत्मा कहानि
गाइजात्रै गाइजात्रामा एउटा थपनि।
कसैले भनेन-
हिमाल तिम्रो हातबाट गुम्छ,
पहाड तिम्रो हातबाट गुम्छ,
तर ढुक्कसँग भनिदिएँ
अति गर्बसाथ हुँकारीदिएँ-
तराइ तिम्रो हातबाट गुम्छ-
कस्को छ यस्तो स्वच्छ अनि निस्कलंकित मन,
भित्र जे छ त्यही बोलिदिएँ,
मनको कुरा खोलिदिएँ-
राजदूत् होइन मन्त्री हुँ त
केको कुटनीति, भने भन्छन यसलाई सूदनीति !
लाज कस्ले केको लागि मान्ने यहाँ,
भ्रस्टाचार गर्नु गरेर पनि फुर्ति लगाउने ठाउँमा,
रातो पासपोर्ट बेचेर पनि शानको जीबन बिताउने गाउँमा,
पुरुष भएर सुत्केरी भत्ता खाएँ त के भो ?
लाटा सुधा जनताले बारम्बार पत्याएकै हो।
भाषाको तौर तरीका किन यहाँ
कुरोको चुरो चाहिन्छ जाहाँ,
बिरोधको लागि बिरोध गर्नु पो थियो –
चर्किरहेको बिबाद सेना समायोजनको,
बोल्न हुने नहुने थाहा के मलाई –
ओकलिदिएँ अन्तर्कुनामा लुकिरहेको थियो जो ।
गोर्बाच्योभले त शान्ति नोबेल पुरस्कार पाए,
मैले भने कठै बरा त्यो चिताउने कसरी हाए,
मैले जे बोलें त्यो पुरा भए पनि लछार्पाटो लाउन त सकिन्छ नै के र ?
कुर्सी ओगटिरहने सूत्राधार मात्र नभए होला त अरु के र ?
मनोरमा सुनुवार –“छायाँ योद्धा”
यूद्ध, तिम्रो शक्ति प्रर्दशनको थलो
सत्ता कब्जाको उपाय
वीरता प्रमाणितको दह्रो कसी
तर यूद्ध,
कदापी तिमी एक्लै लड्दैनौ
संभवत तिमीसंगै
तिम्रोभन्दा विकराल यूद्ध
हामीले लड्दै आएको हुनुपर्छ ।
यूद्धस्थलमा तिमी लडिरहँदा
शत्रुपक्षको तरबारले
पहिले हामी रेटिन्छौं
अभावमा
भोकमरीमा
असुरक्षामा,
तिमीले प्रहार गरेको आर्टिलरीबाट
गोला बनेर फेरि
हामी नै बज्रन्छौं
विपक्षीको परिशरमा
अनि प्रत्येक रात
प्रत्येक दिन
आफैँ ध्वस्त हुन्छौं
कहिं सेक्स स्लेभज्ञ बनेर
कहिं कम्र्फट वुमनद्द बनेर ।
हाम्रो मातृत्वलाई
चुनौती दिने यूद्धले
फेरि हामीसंग नै योद्धाको माग गर्छ,
शरिर अव कारखानामा
अनुवादित हुन थाल्छ,
तथापि
जैविक कारखाना
दृष्टि विहिन हुन सक्दैन
सक्दैन हुन सम्बेदनाहिन,
आफन्तसंग वियोगको
आँशुमा पौडदै
लड्नुछ संघर्षको मैदानमा
प्रत्येक निमेषमा ।
बलत्कार,
हामीमाथि मात्रै प्रहार हुने
तिम्रो यूद्धको एक अभिन्न हतियार,
हामी हजारौं मृत्यू वरण गर्दै
बाध्यछौं विउतिन,
अनि यो कुरुप र विकृत युद्धसंग लडेर
तिमीछेउ आइपुग्छौं,
फेरि तिमीबाट तिरस्कृत हुनुको पीडासंगैं
जीवनको अर्को युद्धमा होमिन पुग्छौं ।
इतिहास साक्षी छ,
श्रृङखलाबद्ध वर्वर यूद्धहरू
यसरी लडिरहिउँ हामीले,
रुवाण्डाको जातीय यूद्धमा
पूर्व यूगोस्लाभियामा,
पाकिस्थान /बंगलादेशमा
विश्वयूद्ध /शितयूद्ध/ गृहयूद्धहरुमा
भूगोलका रेखा रेखामा
लडिएका यूद्धहरुमा ।
हामी तिम्रो यूद्धभूमिमा
यौन सेवा प्रदायक, भान्छे, सेविका
वफादार आत्मघाती दस्ता,
अनि तिमीसंगै
काँधमा बन्दुक बोकेर हिड्ने लडाकु,
तथापि यूद्ध
तिम्रो मात्रै पेवा
तिमी मात्रै यसको विजेता ।
कहलाएँनौ कहिल्यै हामी विरंगना
टाँगिएन कहिल्यै हाम्रो छातीमा भिक्टोरिया क्रश
गाइएन कहिल्यै हाम्रो विरताको गाथा,
यद्यपि
हरेक थरी यूद्धमा विचलित नभइ
निरन्तर लडी रहन सक्ने,
आदम्य साहस भएका
हामी
वास्तविक योद्धा
यसअर्थमा
तिमी
फगत छायाँ योद्धा !
भिमा राई ‘तोलाछा’ –“जीवन-साथी”
असिम दुरत्वको क्षितिजलाईसम्पूर्ण उर्जाको अवशेष लाग्दथ्यो
ठुलो साँझ पर्न अघि
चरीहरू चिरबिऱ्याई रहेको बेला
एकतमासको भावबोधसित
टोल्याईरहने जीवनका पलहरू
आज अचानक त्यै क्षितिजको लालिमामा
भष्म भएझैं लाग्छ
तिम्रो जन्मदिनमा शुभकामना टकराउने उमङ्ग
शुभकामना बोल्ने ओंठहरू
स्तब्ध-स्तब्ध
केवल विस्फारित आँखाहरू तड्पिरहन्छ।
फल-औषधी लिन गएको तिमी
फुस्रो अनुहार लगाएर
आँखाभरी ग्लानीका ओसहरू बोकेर
अघिल्तिर उभिएको तिमी
रित्तो-रित्तो झोला तर छात्तिभरी प्रेमका अंकुरहरू
जो म स्पष्ट देख्दछु।
तिमीलाई म औधी प्रेम गर्छु।
जीवनको एउटै चौतारी
आँधी र हुरीका रातहरुमा भरासिलो छहारी
कहिले क्रान्तिको घनघोर उर्जा बनेर
कहिले बसन्तको स्वर्णिम सपना भएर
यो मानसपटलमा तिमी सुर्य जस्तै उदायौ
मेरो हृदयमा चन्द्र जस्तै छायौ
रुँदा-रुँदै माया बसेको
आँसुहरूका माँझ, पसिनाहरूका माँझ
पिढ़ाहरूका गित गाउँदा गाउँदै
हाम्रा पीरहरू साझा भए
हामी सहयात्री साझा अभिप्राप्तिको
कोल्टे देशको
लङ्गडो व्यवस्थामा
हाम्रो प्रेम औधी सोझो भयो
हामी हाम्रहरुको निम्ति
कठोर त हुनै पर्छ
उत्पीडितहरूका बस्ती-बस्तीमा
पददलित समाजको उच्छ्वासभित्र
हामी समाहित हुन पर्छ
एउटा बुलन्द आवाजको निम्ति
एउटा सजिव परिवर्तनको निम्ति।
भानुभक्त पोखरेल –“म शून्यमा शून्यसरी बिलाएँ”
भुली स्वयं सिर्जन सावधानीगरेर आफैँप्रति बेइमानी
बतासिई स्वप्निल कल्पनामा
न लागि हे, संयम साधनामा
गरी सधैँ हड्बड गड्गडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।
‘निर्माण हो काव्यकला, परिष्कृति-
चाहिन्छ, चिल्ल्याउनुपर्छ निर्मित
टिक्तैन रे अस्थिर, हड्बडे कवि
मैल्याइ आफ्नै कृतिकर्मको छवि,
भन्ने बुझेरै पनि गड्बडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।
हुँदाहुँदै सागरतुल्य पानी
छँदाछँदै मन्दरको मदानी
रहेन मेरो स्थिर स्वानुभाव
आँधी-समाधिप्रति भेदभाव,
जतासुकै लर्बर लर्बराएँ
म शून्यमा शून्यसरी बिलाएँ ।
लगाम आफैँ नसकी समाउन
गरेर आफ्नै शतचूर्ण खण्डन
विना महामन्थन, स्वाऽनुशासन
भुल्याइ सत्सिर्जन-चेत, चिन्तन
सुरम्य सङ्लो नबनी सुसाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।
‘नसङ्लिँदा भाव-विचार-पोखरी
प्रयोग यद्वा विनियोग निर्झरी-
आधाउधी घट्तछ शक्ति वीरको
प्रभाव यद्वा प्रतिभा अधीरको’
भन्ने कुराको बनियो निदर्शन-
मेरो महाप्रतिभा शक्ति, सिर्जन
बुझी-बुझी आसन डग्मगाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।
बेला बिताएपछि चाल पाई
आफ्ना सबै भूल रुँदै सकारी
हेरी धरा, आँसु पिरा खसाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।
झमक घिमिरे –“देश, म र आकाङ्क्षा”
देश ! तिम्रो गर्भासयसँग विद्रोह गरेरमलाई आफ्नै आकृति कोर्न मन छ
जुन आकृतिबाट कुनै सयममा
एउटा जीवनचक्र मेरो पनि थियो भन्ने
यही धरतीलाई थाहा होस्
प्रकृति र समयको जीवनवृत्तमा
मेरो पनि अस्तित्व थियो भन्ने थाहा होस्
मन सल्किएको बेला
मलाई सहीद हुन मन छ
मानवता खोसिएको भूमिबाट
एउटा अर्को बुद्ध जन्माउन मन लागेको छ
जो मेरो युगको प्रतीक बनेर उभियोस्
मृत्युपर्यन्त अलग परिभाषा बोकेर उभियोस्
देश ! तिमीलाई बलात्कार गरेर
एउटा परिवर्तनको युग जन्माउन मन छ
त्यो युगमा एउटा उत्साहको घाम लागोस्
जून पनि त्यो विशाल आकाशमा
आफ्नै स्वच्छन्दता बोकेर हाँसोस्
थुप्रै मनहरू रोएको बेला
मलाई अलग रुवाई रुन मन छ
जुन रुवाईपछि एउटा मीठो आभास होस्
जुन रुवाई मलाई तिम्रै काखमा बसेर रुन मन छ
जो मानवताको स्वरहरू लिएर
साख्ये तिम्रो कानमा गुञ्जियोस्
देश ! कोख प्रसव वेदनाले थलिएको बेला
तिम्रो आँखाबाट त्यसको बाढी उर्लिएको बेला
मलाई एउटा सत्य कुरो खोल्न मन छ
थुप्रै असत्यबाट एउटा सत्य ओकल्न मन छ
तिम्रो कोख अझै उजाड बनेको छैन
तिम्रो मातृत्वमा कुनै खोट छैन
तिम्रो कोखबाट सपुत मात्र होइन
कपूतहरू पनि जन्मिरहेछन्
जसले तिम्रो मातृत्वको अपमान गरिरहेछन्
तिम्रो ममतामाथि कुठाराघात गरिरहेछन्
तिम्रै गर्भमा बसेर
तिम्रै विरुद्ध धावा बोलिरहेछन्
यतिबेला मलाई प्रश्न गर्न मन लाग्छ
तिम्रो सन्तान कुन हो ?
के मेरो आँखाले परिवर्तनको सपना देख्नु पाप हो ?
मनले सुन्दर आगतको कल्पना गर्नु अपराध हो ?
ए, आमा ! तिम्रा ओंठहरू किन मौन ?
तिम्रो मन किन स्तब्ध ?
हो, आमा तिमीलाई यो प्रश्न छ
यो गल्ती हो भने फुटाईदेऊ मेरो आँखा
यो पाप हो भने तोडिदेऊ कल्पना
देश ! तिम्रो आत्मा मृत युगसँगै पोलिएको बेला
म समयको कसम खाएर भन्छु,
तिम्रो कोखबाट एउटा नयाँ बुद्ध जन्मिनुपर्छ
देश ! तिम्रो करणी गरेर
मलाई नवयुग जन्माउन मन लागेको छ ।
केशव आचार्य –“अक्षरमा उनी”
उनको रूप रङलेमोहित भएको होइन म
उनको वैँसमा पनि
आकर्षित भएको होइन म
तर उनले मलाई
मोहनी लगाएकी हुन्
मेरो जिन्दगीमा
उनी सुगन्धित फूल भएर मगमगाएकी छन्।
उनी मेरी जननी होइनन्
छोरी पनि होइनन्
प्रेमिका होइनन्
पत्नी पनि होइनन्
अर्थात्
उनी मेरो कुनै साइनो, सम्बन्धभित्र नै छैनन्
तथापि
मेरो आराधनामा उनै छिन्।
मेरो साधनामा उनै छिन्।।
हरपल हरक्षण
मेरो मन मस्तिष्कमा
उनी घुमिरहन्छिन्
सपनामा पनि
सुटुक्क आएर
मलाई चुमिरहन्छिन्।
मैले उनलाई
मेरो जीवनको
आरोह – अवरोह बताए पनि हुन्छ
नबताए पनि हुन्छ
उनीप्रतिको मेरो सम्पूर्ण समर्पण
जताए पनि हुन्छ
नजताए पनि हुन्छ।
उनलाई बोलीमा मह घोलेर
फकाए पनि केही फरक छैन
बिना आक्रोस ओकलेर
यता सार्दै उता सार्दै
सताए पनि केही फरक छैन
यद्यपि
मेरो सृजनाकी मूल उनै हुन्
मनमन्दिर चढाउने फूल उनै हुन्
उनलाई मैले
भावनाको रङहरूमा रङ्गाएर
घाम बनाए पनि ठीकै छ
जून बनाए पनि ठीकै छ
फलाम बनाए पनि ठीकै छ
सुन बनाए पनि ठीकै छ।
गीत गजलहरूमा घोलेर
मीठा सङ्गीतको धुन बनाए पनि ठीकै छ
उनी उज्यालो भएर
मेरो जीवनमा पोखिन्छिन् उसै गरी।
एउटा अनुपम दृश्य भएर
मेरो आँखामा ठोकिन्छिन् उसै गरी।
उनको आवेग नै
मुस्कान पो हो कि ?
उनको संवेग नै
मौनता हो कि ?
जति बुझ्न खोज्यो
त्यति नै नबुझिने जस्ती
तर जीवनलाई
सुन्दर र सार्थक बनाउन
जीवनभरी नै उनी मलाई चाहिनेजस्ती
त्यसैले त होला-
मेरो जीवनको हरेक बिहान
उनीबाटै सुरु हुन्छ
र
हरेक साँझ
उनीमै पुगेर बिलीन हुन्छ
उनको परिचय खुलेकै छ
र पनि म चिन्दिनँ
तर उनलाई म
चिनिनँ पनि भन्दिनँ
मेरो अध्ययन कक्षमा
सजाइएकी
उनी मेरी जीजिविषा हुन्
अर्थात्
उनी मेरी मोनालिसा हुन्।
ललिजन रावल –“पीडाको पोखरी भित्रबाट”
युगौँदेखि पीडाको पोखरीभित्र रहेर पनिगालामा कतै कतै आँसुका छापहरु भएर पनि
आप्mना आँखाहरुमा एउटा सुनौलो सपना बोकेकाहरु !
उहिलेदेखिको यो लामो कालो रातलाई ढल्न देऊ
यसैभित्र एउटा बलियो आगोलाई दन्किदै बल्न देऊ ।
तिम्रा हातहरु हावामा
ध्वजाहरु झैँ लहराइरहेछन्
तिम्रा अनुहारहरु यो अँध्यारोमा
ताराहरु झैँ टिमटिमाइरहेछन्
तिम्रा आवाजहरु भयंकर आँधीबेरी चल्दा
जन्मिने ध्वनिहरु झैँ फैलिरहेछन्,
साँझको माझमा उत्रिएर रातको स्तुतिगान
गर्नेहरुलाई गल्न देऊ
विश्वासको दियोमा अझै चेतनाको तेल थपेर
त्यसलाई जल्न देऊ
प्रत्येक ठाउँहरुबाट हावामा मिसिएर
वीरताको साहसको गन्ध फैलिन्छ चारैतिर
त्यही गन्धबाट प्रेरणा पाएर
अर्काे वीर र साहसी जन्मिन्छ अर्कोतिर
शरीरहरु ढल्छन् तिनका तर
शीरहरु हिमाल झैँ ठडिन्छन् मान्छेका हृदयनिर,
जीवन दिएर रगतले उमारेका बोटहरुलाई फल्न देऊ
अहिले बलियो गरी चलिरहेको हुरीलाई चल्न देऊ ।
युद्धप्रसाद मिश्र – “घोषणा”
झल्केको नवक्रान्तिको दिवसको एैले विहानीपखजागेको पुरुषार्थभित्र मनको बन्दैछ आक्रामक
प्यूँने रक्त निकृष्ट शासन सधैं चल्थ्यो कहाँ बर्बर
ब्यूँझ्यो देश उठे तमाम झुपडी जाओ लुटेरा पर
आत्माको बलवान सक्रिय कदम् सिद्धान्तको भै ब्रती
मनको उत्कट त्याग साहस कडा जल्दो र बल्दो गति
सम्झेको अपमानलाई सहनू साहै्र ठूलो नीचता
मुट्ठीभर् नरभक्षी केवल उता संसार सारा यता
सक्ने कुल्चिन देशलाई डसने काला विषालु फणा
जागेको बलिदानको हृदयमा उत्मुक्त भै भावना
शोषणको नतिजा भयो हुनु थियो ज्वालामुखी दुर्धर
मुक्तिको पथमा हुँदै धरति छन् सकंष्टदेखि पर
व्यक्ति व्यक्ति सफा विमोचन हुने ठूलो बबण्डर उठी
पीडाग्रस्तहरू तमाम भयको आए सिमाना टुटी
मेटाइदिन१ वर्गभेद छ भनी मानिसका माझको
गज्र्यो निर्भयसाथ “पीडक-खत्तम्”को घोषणा आजको
तोया गुरुङ –“आदि”
अँध्यारोमा वेदाङ्कनि उदाई
दियोको सलेदो छोटो- तेलको किमत महँगो छ ।
मैनवत्तीको शिखा पग्लन्छ निरन्तर
मुद्राको मोल कति नै र
मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन
त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ
न मस्र्याङ्दी न कालीगण्डकी
सप्तकोसीमा जालैजाल छ माछाहरु निष्कलङ्क छन्
मेचीमा बगर बगरमा बगरै बगरको लमतन्न पुल
पारिपट्ट िवारिपट्ट िन छेकथुन न हाक्काहाक्की
उज्यालो हुँदा अर्धाङ्गनिी रुन्छे
दिन उघ्रदै जाँदा अर्कै बाहुवल
न पाखुरा न गर्धन पिंडौला गाँठी गुँठीया
कसैले कोपरेको अनुहार बेहद खुसी छे
कसैको आँसु महाकाली कञ्चन कालो देश फिँजाइरहेकी
एक स्तम्भ छातीमा बज्र पर्नेलाई परोस्
परवाहा नगर्ने परिवार स-साना पालका खोलहरु
ढिकीच्याउँ कीराहरुको हूलहूल- जूनकीरीको प्रवासन
जसले जति चुहाउँछ चुहाउन पसिना
पसिना नै हो जल समाधि/जति आश गरे पनि
पुग्ने कुरा कहाँ पुग्ने हुन्छ र
प्रशान्त खरेल –“अनिदो म”
रातको निस्तब्धतामाएकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।
ओभाएको तिम्रो शरिरमा
पसिना लतपतिएको चिन्ह
मधुर उज्यालोमा
प्रस्टै देखिन्छ
उसका आयातित
बस्त्रहरू भन्दा पनि
सुन्दर देखिरहेछु म
र
हावामा फैलिएको
पसिनाको
एकतमासको गन्ध
लट्ठ बनाइरहेको छ मलाई
खै उसका अत्तरहरू
अचेल किन
उति सुवासिला लाग्दैनन् ।
तिम्रो गठिलो शरिर
ठेला उठेका
हत्केला र पाइतालाहरू
जिस्काइरहन्छन्
उसको सुन्दरतालाई
टाढै बाट
र
ताता स्वासहरू
न्यानो सामिप्यताको
भोक जगाउन
सक्षम छन्
चिमोट्दै उसको
न्यानो आलिङ्गन ।
तिम्रो थकित वय
निस्फिक्रि विस्तारामा
तृप्त छ
ललकार्दै उसका
रातका छटपटिहरू
र
सन्तुष्टिका रेखाहरू
चम्चम् चम्किरहेकाछन्
तिम्रा निधारमा
खिज्याउँदै उसका, मेरा
अनगिन्ति अतृप्त
भोकहरूलाइ, सपनाहरूलाई ।
उफ् ! यो रात
विहानी कहिले होला ?
दियोको तेल
निख्रदैछ
विस्तारै विस्तारै
तैपनि
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।।
सुभाषचन्द्र भण्डारी –“जीवनभाव”
कल्कल् बगेझैँ नदनाद पानीबग्दै छ हाम्रो जनजिन्दगानी
कथा–व्यथा जीवनका तरङ्ग
फिक्का कतै देख्छु प्रगाढ रङ्ग ।
घुटुक्क प्यूँझैँ रसकाव्य धारा
छ काव्यको जीवन नै सहारा
अनन्त यै जीवन व्याप्त देखेँ
सौन्दर्य देखेँ लयदार लेखेँ ।
कतै छ हाँसो परिजात गाढा
इबी कतै अश्रु विषाक्त काँढा
म भन्छु हो जीवन खेलजस्तै
सन्तोषले आत्म रहन्छ मस्तै ।
यो जिन्दगीको मन सारथी हो
स्वतन्त्रता सुन्दर आरती हो
मान्छे भयो जीवनमार्ग शिल्पी
उन्नीत आभा छ अझै प्रगल्भी ।
राजा र रैती सम जिन्दगी हो
रून्चे र पिन्चे पनि जिन्दगी हो
थाकी बसेका कति जिन्दगी छन्
मात्ती बसेका कति जिन्दगी छन् ।
गोठालुको जीवन प्रेम गीत
सुनेर अर्कै दिल खिच्छ प्रीत
अनेक छन् रूप छटा निविष्ट
क्वै चोर जाली त कुनै प्रबुद्ध ।
चङ्गा, नदी, फूल र पत्रतुल्य
यो जिन्दगी हो फल जो अमूल्य
जीवन् लता अमृत फल्नुपर्छ
पापिष्ट सत्ता सब ढल्नुपर्छ ।
समुद्र हो जीवन हो जहाज
आयाम सिङ्गो सगरै विराज
प्रदीप्त क्या जीवन दीपजस्तै
लालित्य उस्तै र सुगन्ध उस्तै ।
जहाज जैल्यै पनि डुब्न सक्छ
बत्ती हवाले पनि निभ्न सक्छ
आकाशमा मेघ बढाइँ गर्छ
सत्जिन्दगी शाश्वत बन्नुपर्छ ।
झमक्क भो रे झलमल्ल फाटी
डुबेर दिन् खै किन पर्छ राति,
निर्णीत यो जीवन पो कहाँ छ
आश्चर्य छाडेर छलेर जान्छ ।
अजित क्षेत्री – “बुख्याँचाहरू”
धेरै पहिलेहातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।
बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ
गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- सेता माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो
भिड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।
समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आँफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे
महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्
गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।
आर.आर. चौलागाईं – एउटा मिठो कविता लेख्न सकिएन
(मधुपर्क असार, २०६८)कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन
आरम्भ, मध्यान्तर र उपसंहार कस्तो हुन्छ
पहिल्याउन सकिएन
लेख्दै जाँदा नारा मात्रै हुने हो कि !
त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन
चाहे पूरा होस् अथवा नहोस्
सपनाहरू छताछुल्ल हुने गरी बाँड्न सकिएन
न सुन्दरताको धीत मर्ने गरी प्रशंसा हुन सक्ने भो
न आँखै अगाडिको अस्तव्यस्ततालाई
धारे हात लगाएर सराप्ने अवस्था भो
सँगैको एउटा सँधियार चुँ पनि बोल्दैन
अर्को हामी उसैको कमाराकमारीजस्तो हप्की र दप्की गर्छ
कोसँग सल्लाह मागूँ कस्तो फसादमा परियो
के गर्ने के नगर्ने अलमल्ल परियो
रातमा निदाउन पनि सकिएन
दिनमा काम गर्न पनि सकिएन
के भयो भयो भेउ पाउनै सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
कविता लेखेरै जिन्दगी बिताइयो
कवितासँगै निदाइयो, कवितासँगै उठियो
कविता लेखेरै प्रेम गरियो
कविता लेखेरै विवाहबन्धनमा बाँधियो
कविता लेखेवापत गाली पनि खाइयो
कविता लेखवापत पुरस्कार पनि थापियो
पटकपटक जेलको हावा पनि खाइयो
दरवारको मेजमानी पनि बुत्याइयो
कविताको आकर्षणले थुप्रै मित्रहरू कमाइयो
कविताको प्रहारले थुप्रै शत्रुहरू पनि बटुलियो
कविताकै कारणले देशदर्शन पनि गरियो
कविता पढ्न पराईभूमि पनि टेकियो
आज के भयो यस्तो अचम्म !
कविताले पत्याउँदै पत्याइनन्
फर्केर एकचोटि हेर्दा पनि हेरिनन्
रुन पनि सकिएन हाँस्न पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
मानिसहरू लेख्यालेख्यै छन्, सुनाको सुनायै छन्, छ्यापेकोछ्याप्यै छन् ।
यामानको किताब पनि निकालेको निकाल्यै छन्
तर कविता लेख्या हुन् कि के लेख्या हुन् थाहा छैन
खै ! के सुनाएका हुन्, के छापेका हुन्
केको किताब निकालेका हुन् त्यो पनि थाहा छैन
बोल्नु हुँदैन मारिहाल्छन्
सम्झाउनु हुँदैन झुण्ड्याइहाल्छन्
आफूले त त्यत्ति गर्न पनि सकिएन
स्याबासी लेखाउन घरघर धाउन पनि सकिएन
पुरस्कार जिप्ट्याउन खुट्टामा तेल लाउन पनि सकिएन
पुरस्कार दिलाए आधाआधा बाँडौँला भन्न पनि सकिएन
भरे साहिँलीको भट्टीमा मरुन्जेल धोकौंला भन्न पनि सकिएन
यो बारको जुनीमा त्यत्तिकै मरिन्छ कि क्या हो !
यो पनि भएन त्यो पनि भएन केही पनि भएन
बेसारे कवि/कवयित्री भएर हल्लाखल्ला मच्चाउन पनि सकिएन
अर्काको कविता सारेर आफ्नो नाम छपाउन पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
रामविक्रम थापा – आँखा
(मधुपर्क २०६६ माघ)संसार देख्ने रमिता हजार
यो ज्योति आँखा सबको छ सार
सौन्दर्य हेने नयननाभिराम
सानो छ हेर्दा कति धेर काम
लेख्ने र पढ्ने हतियार हाम्रो
देखाउने यो मतियार राम्रो
राम्रो, नराम्रो सबमा छ दृष्टि
हेरेर भन्दै नवभाव सृष्टि
यो ज्ञानदाता र अनेक भाका
यो प्रेमदाता रसिलो छ भाषा
राम्रो र मीठो नयनी इसारा
स्वभाव पोख्ने कतिको सहारा
जो नेत्रवाणी मुखले नभन्दा
त्यो भाव राम्रो अझ शब्द भन्दा
ढोका खुलायो मनको महान्
नेत्रास्त्र सानो, हचुवा नठान
हरि घिमिरे – बाढी
वर्षा लागे पछि-
तिमी नदी-किनारका वस्तिहरु!
भयभित भएको कुरा गर्छौ
बाढी आउला कि भनेर
दुई महिनाका लागि
मुटु कमाउदै तर्सन्छौ
तर
दस महिनाको प्राकृतिक सुन्दरता र स्वच्छताको
हरियाली श्रेष्ठताको
कमसे कम उपभोग त गर्न पाएका छौ्।
नदी किनारका ओरिपरि
त्यै बाढीको पानीले
नयाँ सिर्जना त गर्न पाएका छौ
तर
हामी गाउँ-शहरका बस्तीहरुमा
सँधै वर्षा लागेको छ-
मृत्युको वर्षा
हत्या-लुट-बलात्कारको वर्षा
अपहरण-आतङ्क र अशान्तिको वर्षा
तिम्रो त मनसुनले आकाशबाट पानी बर्साउँदो हो
एकै छिन डर लागे पनि
मन रोमाञ्चित भएर उठ्दो हो
हाम्रा त-
आँखाबाट वर्सेका पानीले
बाह्रै महिना बाढी ल्याएको छ
त्यो बाढीभित्र-
विनासै-विनासको लीला छ
चिहानै-चिहानको खात छ।
हाम्रो त मुटु नै छैन
के कमाउँनु?
के तर्सनु?।
युयुत्सु आर. डी. शर्मा – खोला
तिम्रो सङ्गमर्मरी काँधर, मेरो चौडा छातीको बीचमा
गर्जिरहेछ एउटा खोला
आँसु, आँसु, आँसु ।
तिम्रो गुलियो मुख
र, मेरो सुगन्धित जिब्रोको बीचमा
एउटा फिलिङ्गाहरुको रात
टल्काइरहेको तयो न्यानो नरम त्वचा
त्वचा, त्वचा, त्वचा ।
तिम्रो मांसल जीउ
र मेरा कामिरहेका हातहरुको बीचमा छन्
बादलहरु मात्तिएका लालीगुराँसे वनको सुगन्धले
सुगन्धले, सुगन्धले, सुगन्धले ।
तिम्रो बदामी आँखा र मेरो तातो मुखको बीचमा
खसेका छन् पानीका थोपाहरु मोतीझैं
जंगलका बाक्ला हरिया पातहरुमािथ
पातहरु, पातहरु, पातहरु ।
तिम्रो चम्किरहेको सेतो छाला
र मेरो कालो कपालको बीचमा
सुगाभन्दा हरिया पातहरु
पहेँलिएका छन् अनवरत वर्षाले
वर्षाले वर्षाले वर्षाले ।
तिम्रो जँड्याहा लोग्नेको नपुंसक सिरानीसँगै
बिताएका तिम्रा रातहरु
र मेरो बहुलाएको टाउकोको बीच
उम्रीरहेछ एउटा सानो कविता – वसन्तको
जसले मेरो गहिरो घाउ भर्नेछ
र, उमार्ने छ
फूलहरु, फूलहरु, फूलहरु ।
तिम्रा नीला पारिजात फूलका आँखा
र मेरो कामिरहेको कलमको बीचमा
एक्लिएको एउटा वनचरोको एकल चित्कार
पागल, पागल, पागल ।
तिम्रो मोतीजस्तै सेतो दाँत
र, मेरो निद्राको बीच
दौडदै आउँदै छ बर्खे पानी
कुनै भोको नदीको रोदनझैं
ताराहरु नभएको बिरानो आकाश
र, ग्रीष्म रातको उराठलाग्दो
अन्धकारमा, अन्धकारमा, अन्धकारमा ।
तिम्रो ठूलो छाती
र, मेरा नरम ओठको तिर्खाको बीचमा
क्रुद्ध खोलाको आक्रोश
ठोकिरहेको आफ्नो टाउको जादुजस्ता
पहाडहरुमा, पहाडहरुमा, पहाडहरुमा ।
तिम्रा निर्णयहरु र
मेरो निभ्न लागेको टुकिको बीचमा
खोला बौलाएको
तँ; तँ कवि; तँ मूर्ख
नपुंसक, जा जा गइहाल्-निस्किहाल् ।
रोशन जनकपुरी – गल्ती
बिहानीको घाममेरो घरको छानाहुँदै
लम्पसारिन्छ
मेरो ढोका अगाडि पस्रेको सडकमा।
आफ्नै रगतको बिछ्यौनामा
सुतेको, त्यो मानिस उठ्दैन अब,
गल्ती!
अँ, एउटा गल्ती गरेको थियो उसले,
सोधेको थियो-
भन्नोस् महाशय!
मेरो हिस्साको रोटीमा
हस्ताक्षर कसको हुनुपर्दछ,
तपाईंको कि मेरो?
तारामणि राई – फेसबुक मोह
भाद्र मासको बेलाजुवाले काँध गएको गोरु जस्तो
कामको बोझिल ढाकरले थिचिएर
आई पुग्छु घर साँझमा
टेक्दै टेक्दै टेकुवा
म ‘अभागी थेगुवा’ ।
देख्छु-
आगोसँग जिस्किनु पर्ने छोरो
काटिकुटि शकङ्खे किरा जस्तो गँडुल्किदै
ल्यापटप अगाडि राखेर
पढिरहेछ –
फेसबुकका पछिल्लो संस्करणका पाठ्यपुस्तक
लक्षिणको जूनसँग उज्यालिनु पर्ने छोरी
टसमस नगरी
गृहकार्य गरिरहेकी छ –
फेसबुकको वालमा
घरी ‘लाईक’, घरी ‘कमेन्ट गर्दै
घरी ‘स्ट्याटस’को छिद्र परेको घैला भर्दै
अरू त अरू
घरकी जहान पनि
लिसोमा लहाँचे चरो परे जस्तो
मोवाईलमा टाँसिएको टाँसियै गर्छिन्
जसले गर्दा
यो घरको तरकारी नजानिँदो तरिकाले डढ्न थालेको छ
संवाद कम, सन्नाटाको मात्रा बढ्न थालेको छ ।
ई-युगको
तनावले भुन्भुनिँदै-रन्थनिदै
त्यसपछि
पीडामोचन हुन एउटा कविता केर्छु
यसो हेर्छु
अनि क्यानाम,,,,अच्छा शीर्षक राख्छु : ‘फेसबुक मोह’
मलाई तत्क्षण के के नूनै नपुगे जस्तो खस खस हुन्छ
अनि घरका कसैले नदेख्ने गरी सुटुक्क
लग ईन गर्छु – मेरो आफ्नो फेसबुक
र पोष्ट गर्छु
निर्माणधिन उक्त कविता
फेसबुक दुनियाका असङ्ख्य मित्रजनहरूका नाममा!!!
राई चन्द्र दुमी – मेरो कवितामा तिमी
मेरो कवितामा तिमीमेरो जस्तै टोप शिरमा पहिरेर
केशराशिलाई रातो रिबनले कसेर
दृढ अठोटका साथ
गन्तव्यमा लम्किरहेकी छ्यौ
हुन त तिमीले
विजयका गीतहरु गाउन सकेकी छैनौ
हातका नंग्राहरु
तगारो भएका छन् गितारका तारहरुमा
हुन त तिमीले
म्यानबाट निकालेर तरबारहरुले
प्रहार गर्न सकेकी छैनौ
निशाना ठम्याउन नसकेर
अबरूद्ध भएका छन्
आँखाको नानीभित्र लत्पतिएको कालो गाजलमा
हुन त तिमी
परेडमा मिल्न सकिरहेकी छैनौ
बाधाहरू तेर्सिएका छन्
हलिउड मेड जुत्ताहरुमा
तै पनि दृढ छौ गन्तब्यमा
केवल मनले शयर गर्दछ्यौ कुरुक्षेत्रमा
त्यसैले तिमीलाई म
केवल कवितामा लेख्दछु
कल्पनामा देख्दछु
सपनामा भेट्दछु
रातो झण्डा फहराएर
केवल मुखले देशभक्तिको गीत गाइरहे को देख्दछु
भाषणले रासन बाँडिरहको देख्दछु
मेरो कवितामा तिमी
दृढ अठोटका साथ
गन्तब्यमा लम्किरहेकी छ्यौ
तर बाधाहरु पन्छाउन बाँकी छ कि कतै भनेर
तिमीले आफुलाई हेर्नेछ्यौ
म आशा गर्दछु
अब तिमी युद्ध मैदानमा फर्कनेछौ ।
कमलमणि बराल – रूपमा झलझल बलेकी शिलैशिलाले ढलेकी
रूपमा झलझल बलेकी शिलैशिलाले ढलेकीशान्ति अत्तर बसाउने नेपाल मेरी आमा हुन
हिरासरी झल्किने गलामा हिमालचुली छ
मोती सरी टल्किने सगरमाथा फुली छ
रूपमा झलझल बलेकी…
हरियाली पछयौरी पहेँलपुरी सारी छन
बुद्ध जस्ता छोरा छन, भ्रिकुटी सिता छोरी छन
सुहाएको छ कति लाली गुराँस चोलीले
सुहाएको छ अति शान्तिको सुन्दर बोलीले
रूपमा झलझल बलेकी…
तिम्रो काखमा जन्मिदा रुनु कसैलाई नपरोस
हे आमा तिम्रो गालामा दु:खको आसुँ नझरोस
स्वार्थ घमन्ड अभिमान आगो मै हाली डढाउँछौ
नराम्रा प्रब्रित्ती केही भए मन्दिरमै लगी चढाउँछौ
रूपमा झलझल बलेकी…
सुन्दर तिमी अती छौ गहना जाबो चाहिंदैन
तिम्रै काखमा मर्न पाउँ स्वर्ग जाबो चाहिंदैन
रूपमा झलझल बलेकी शिलैशिलाले ढलेकी
शान्ति अत्तर बसाउने नेपाल मेरी आमा हुन
बिर्ख छेत्री “क्रान्ति” – मेरो गाडी
मान सरोवरको ताल नाघ्दै,सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै,
नाइल नदीको पूल तर्दै,
२१ औं शताब्दीको,
मेरै टोलतिर उडिरहेको छ
मेरो गाडी ।
मेरो टोलमाः
युरियाको ड्याङ्गमाथिः
लाइ लागेका सिस्नुको झोल खाएर म अर्गानिक डकारिरहेको छु ।
रातो कमिलाले खाएका मानेका गानाका नाबो गुबाहरु पिएर,
अर्गानिक फार्म चलाउने गुमोज बुनिरहेको छु ।
धर्के जुकाले छोडेका डौंठे निगुरो फ्राइ गरेर,
अर्गानिक बासना छोडिरहेको छु ।
बोन्साइ टिम्मुरका पातहरु सुँघेर,
गाउँको पुराण साक्षी बकिरहेको छु ।
मेरो टोलमाः
कठपुतली मान्छेहरुः
लाशको लिलाम घटाघटमा,
मलालीहरु प्रतिस्पर्धा गरिरहेछन् ।
अघोरी बाबाको माला लगाएर,
मूर्दाको शिकार गरिरहेछन् ।
विशाक्त प्रसान्त फिँजाएर,
श्रीखण्डको झाडी बगाइरहेछन् ।
आकाशको छाला खुइल्याएर,
वर्षाको घैला सुकाइरहेछन् ।
हिमालका बुर्काहरु च्यातेर,
मस्तले टायरको नसा तानिरहेछन् ।
महान दुव्र्यसनीहरु,
मानव अधिकारको लागि धरती डढाइरहेछन् ।
मेरो टोलमाः
मान्छेलाई गर्व छः
लुटी खान पाएकोमा,
दासताको वाक स्वतन्त्रता खेल्न पाएकोमा,
आलोचना शास्त्रको दीक्षान्त लिन पाएकोमा,
बत्तीका पुतली भएर,
सभ्यताको साइनाइडमा लाश हुन पाएकोमा ।
तर
मान्छे आत्मलज्जित छः
आफैंले गरिखानु परेकोमा,
आफैंलाई आत्मसम्मान गर्न नजानेकोमा,
कस्तुरी भएर काशी घुम्नु परेकोमा,
आफैं ईश्वर भएर पनि,
स्वर्गमा नर्क ओछ्याएर सुत्नुपरेकोमा ।
यी गुराँसका वन र,
सिस्नुका झ्याङ्गहरु पछि हुत्याउँदै,
विचारका गोलाइहरु उक्लिँदै,
शताब्दीको हर्न बजाएर, मनको महाभारततिर उडिरहेछ
मेरो गाडी ।
बालमुकुन्द कार्की – भ्यागुताहरू
पोखरीको डिलमा हिलाम्मे भ्यागुतोकहिले डिलमाथि, कहिले डिलमुनि
आँखा चिम-चिम गरी नियालिरहेछ
पोखरी उही दलदले हिलै छ
केही हिलाम्मे भ्यागुताहरू
ट्वार-ट्वार उहीँ उफ्रिरहेछन्
छत्ल्याङ-छुत्लुङ
सेताम्यै पल्टिएका माछाहरू
साना माछाहरू
ठूला माछाहरू
अनि उही पोखरीका सर्पहरू
डिलमाथिको खोपीमा
मस्त लपलपाउँदै डिलमुनि नियालिरहेछन्
कसैलाई हर्ष कसैलाई विस्मात्
कथा आ-आफ्नै छ
हिलाम्मे भ्यागुतो डिलमा बसेर
चिम-चिम आँखा गर्दै
नाक खुम्च्याउँदै, मुन्टो हल्लाउँदै
उही पोखरीको भ्यागुता नियालिरहेछ।
तुलसी प्रवास – तिमीसँग त प्रेम पो भएछ
प्रिय बेगनास !तिमीसंग त पहिलो नजरमै
प्रेम पो भएछ
लामो यात्रादेखि थकित पाइलाहरु
हिउँदका उदास आँखाहरु
तिम्रो शरदीय मुस्कानमा भुलेछन्
कस्तो अचम्म बेगनास
तिमीसँग त प्रेम पो भएछ ।
आफ्ना निश्छल आँखाहरु
एकोहोरो मैतिर टोलाउँदै
प्रतीक्षारत तिमी
उपत्यकाको माझमा लमतन्न सुतेर
मेरो आगमनको ,मेरो पवित्र प्रेमको
स्वागत गरेकी रहिछौै
कस्तो अचम्म बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
बेगनास तिम्रो वरिपरि त
हिउँदमा पनि वसन्ती हावा सुसाउँदोरहेछ
शरदीय सुुवास फैलँदोरहेछ
पानी पानी भन्दै मरेका
लाखौं मरुभूमिवासीको निम्ति
पृथ्वीको स्वर्ग बनेकी रहिछौ
त्यसैले बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
मेरो धर्तिकी स्वर्ग तिमी
मेरो हृदयकी धड्कन तिमी
अलिकति पर हिमाल हँसाउदै
अलिकति वर आफू रमाउँदै
लाखौंको क्यामेरामा कैद भइछौ
तर पनि तिमी पवित्र छौ बेगनास
तिम्रो निर्मल प्रेमको सागरमा
डुबुल्की मार्ने मेरो धोको पूरा भयो
अचम्म बेगनास
तिमीसंग त प्रेम पो भएछ
तिमीले थाहै पाइनौ बेगनास
तिमीलाई मैले सुटुृक्क लुटिसकें
तिम्रा अधरको रस चुसिसकें
चाहे त्यसलाई तिमी स्वीकार गर
या बलत्कार भन
तिम्रा वक्षस्थलमा म रमाइसकें
अब तिमी केवल मेरी भयौ
म तिम्रो भएँ
त्यसैले त भन्छु बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
बेगनास तिम्रो जवानी अचम्मको छ
अजीवको छ त्यो कहिल्यै बूढो हुदैन
कुनैबेला तिमीलाई लेखनाथले लुटे
कुनैबेला तिमीलाई माधवले लुटे
कुनैबेला तिमीलाई अलीदाइले लुटे
तिमीले धेरै कविबाट लुटिइसक्यौ
आज मैले लुटेँ
त्यसैले तिमी मेरी हौ बेगनास
कस्ता संयोग
तिमीसंग त प्रेम पो भएछ ।
साम्ब ढकाल – दिनेशसिंहको जुत्ता पसल
केही समयदेखि मेरो शहरमादिनेश सिंहले जुत्ता बेचिरहेको छ ।
दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ
दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न
दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ ।
दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल फरक हो भन्छ
दिनेश सिंह मान्छेले जुत्ता लगाएको मन पराउँछ
दिनेश सिंहले नाङ्गा खुट्टा कहिल्यै मन पराएन ।
दिनेश सिंहलाई मान्छेहरू हिँडिरहेको मन पर्छ
दिनेश सिंह मान्छेका खुट्टालाई कहिल्यै केही नहोस् भन्छ ।
दिनेश सिंहको मनोकामना छ — मान्छेहरूका खुट्टामा कुनै रोगव्याधी नलागोस्
दिनेश सिंह चाहान्छ — सहरमा मान्छेहरूको चहलपहल खुब रहोस् ।
दिनेश सिंह अचम्मको व्यापारी छ
जुत्ता किनुन नकिनुन् मानिसहरूले
उसको पसल अगाडि मान्छेहरूको ओहोर दोहोर भैरहोस् भन्छ
मान्छेहरू हिँडिरहुन् टाढा सम्म भन्छ ।
मान्छेहरू नयाँ नयाँ यात्रामा निस्किरहुन् भन्छ
मान्छे भए न खुट्टा हुने हो
जुत्ता त खुट्टा भए जत्ति नै पाईन्छ
खुट्टै नहुँदा त किन जुत्ता चाहियो र !
रामप्रसाद ज्ञवाली – कवि होस् कविताभित्रै …
तपस्वी वृक्ष देखिन्छन् लेकमा कति उर्वर !लालीगुराँस पाखामा फुलेका कति सुन्दर !
सङ्र्घर्षबाट जन्मेको क्रान्तिकारी युवासरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
पहराबाट फुस्केको छहरा कति सुन्दर !
छहराबाट निस्केको बिजुली झन् मनोहर !
दही मथेर निस्केको न्वाउनी घिउझैँ गरी
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
घारमा फूलको सार खिच्न मौरी बरोबर !
भीरमा श्रमको धारा मह कस्तो मनोहर !
महमा माहुरीभाका गीत भै गुन्जिएसरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
रातमा चम्किएको त्यो जून कस्तो मनोहर !
आगोमा पोलिएको त्यो सुन कस्तो छ सुन्दर !
जाडोगर्मी सबै भागी हुर्केको बिरुवासरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
आफै खोजेर देखेको दृश्यजस्तै मनोहर
आफै भोगेर लेखेको कविता हुन्छ सुन्दर !
हिमाली शिरमा चढ्ने आरोही वीरकै सरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
आफै खुलेर झुल्केको बिहान कति सुन्दर !
आफै फुटेर भुल्केको मुहान कति सुन्दर !
बीउमा बिरुवाजस्तै हाँगामा पातझैँ गरी
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
प्रदिप रेग्मी – रातहरुसँग वेदना
हे मेरा रातहरु !केवल तिमीहरु नै हौ,
मेरो मन बुझ्ने साथहरु,
जव तिमीहरु आउँछौं
मेरो भक्कानो फुट्छ
दिनहरुले सृजना गरेका खडेरी प्रति
मुसलधारे वर्षा छुट्छ ,
किनभने तिमीहरुले मेरा कुरा बुझ्छौ
तिमीहरुले भेल उर्लाउँछौ
अनि सृजित खडेरीहरु सखाप हुन्छन् ।
दिनहरुले काल्पनिक आश्वासन दिन्छन् ,
तर तिमीहरुले अमिट यथार्थ दिन्छौ ,
दिनहरुले बाँडेका पोका पन्तराहरुमा
कतै आफन्ती मनको आभाष भेट्दिन ,
तर तिम्रा कुना कन्तराहरु र क्षितिजमा
सामिप्यताको आभाष भेट्छु म
तिम्रो विवेकले बुझ्छ होला नि !
किन सदा तिम्रो पर्खाइमा हुन्छु म ?
क्षितिजमा जव तिम्रो छायाँ झुल्किन्छ
मेरो घायल मन अश्रु बिभोर भै उम्लिन्छ
दिनहरुले दिएका धोकाहरु तिमीलाई सुनाउन
तिमीहरुले विनम्र एकाग्र सुन्छौ,
अनि मेरो मन झन झन भरिन्छ
मेरालागि तिम्रो एकमात्र साथ सम्झेर ।
हे मेरा रातहरु !
दिनहरुका म माथिका बज्रपात
म जतिपनि सहन सक्छु
तिमीहरुले दिएको सहनशिलताले,
तर तिमी नै भन म कसरी सहुँ
मेरो उद्देश्य, विचार र योजनामा
दिनहरुका घात प्रतिघात तुषारापातहरु
मेरो मातृत्व, पितृत्व अनि भातृत्वमा
दिनहरुले पारेका विक्षिप्त चोटहरु,
मलाई म माथिको बज्रपातले भन्दा
ती चोटहरुले बढी चह¥याउँछन् , पोल्छन्
दिनहरु परिवर्तन भइरहदा रहेछन्
समय सुहाउँदो फट्याङ्ग्रोको रङ जस्तै,
एक सत्य एक असत्य अनि असत्य पनि सत्य,
भन मेरा रातहरु यो सब म सहन सक्छु ?
तिम्रा सहनशिलताहरु अझै बाँकी छन् भने
कृपा गर तिम्रो यो अभिन्न मित्रलाई
कसरी अंगालुं दिनका बहुरुपी चरित्रलाई ।
रामकुमार श्रेष्ठ – प्रभू आशिर्बाद
प्रिय,मैले त भनेकै थिएँ नि
कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर
तर तिमीले कहिल्यै पत्याइनौ
ल तिमी आँफै हेर त
कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ
तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात
रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ –
टहटह जुन लागेको कस्तो रमाइलो रात
उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ
ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक
देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ
होइन के हो यस्तो यो ?
प्रिय,
तिमीले बुझिनौ
रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ?
यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,
परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब
तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि
चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,
प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने
स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।
देख्यौ त प्रिय,
मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन
मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,
गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,
यहाँ के हुन्न प्रिय
यहाँ त सबै थोक हुन्छ
संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –
रात दिन हुन सक्छ अनि दिन रात
औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी
केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय
सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले
अल्छि गरेर के हुन्छ र
अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि
जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय
जुन बेला जस्तो आवश्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ
पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।
लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय
यहाँ लाज त लोकलाई पो हुने भयो त
लोकको तोक शोकमा किन पर्दैन त प्रिय
चौबिसै घण्टा ब्यस्त प्रभूसंग
नारी खौंचेर लिन खोजेपछि टक्कर
आइपर्छ नि त नसोचेको अक्कर
प्रभूको आशिर्बाद पायौ भने त प्रिय
तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो
जे भए पनि केही फरक पर्दैन नि प्रिय
जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने
लोकतन्त्र प्रभूतन्त्रमा
औंसीको रातमा
टहटह जुन लाग्न थाल्छ प्रिय
टहटह जुन
त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय
प्रभू आशिर्बादको मर्म ।
प्रदिप रेग्मी – प्रेराग कामना
तिम्रो तपश्या अनि आर्ज्यको मूल्यमहान तिम्रा दृढ तृप्तिहरु
कुटिल मनका आशक्तिहरु
अनि अतिरञ्जित सफलताहरु
साथमा स्वामित्व गुमाएका प्राप्तिहरु
सारा रहुन तिमीसंगै जिवन्त !
मैले बुझें उदाउनु भनेको क्षणिक प्रकाश छरी
सदाका लागि अस्ताउनु भनेर,
तिमीले बुझ्यौ त्यही प्रकाशमा रमाउन
आफ्नो स्वार्थी संसार सजाउनु भनेर
अर्को एक फरकपन – यी साराका लागी
धर्ति अस्तित्व सम्म मूल्य चुकाउनु
निसंकोच अमान्य पनि सामान्य !
तिम्रा अप्राकृतिक प्रेम
र यौनिक आशक्ति
अमर बनोस तिम्रो यौवन जस्तै
आशा छ महान इश्वरले
तिम्रा लागि वासना थपिदिनेछन
किनभने तिम्रो शाश्वत सत्य
अनि अस्तित्व रहि रहनु पर्नेछ युगसम्म !
नचिम्लिउन तिम्रा आँखा
अनिमेश बनुन बुद्घका जस्तै
संसार तिम्रै हो बुझ, सुन
अनि पुरा गर रहरहरु सस्तै
अकाटय मेरो निश्चलताले
जिवन्त रहने तिम्रो सजिवतालाई
प्रशंशा गरि रहनेछ हिमाल बनेर !
श्यामकृष्ण श्रेष्ठ – यस पुस्ताका नवयुवकप्रति
राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेषराख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश ।
खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश
सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत
देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक
प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ?
संकट घण्ट बज्यो, सुन्दैनौ – श्रवण शक्ति नै छैन कसो
स्वदेशप्रतिको माया ममता तिम्रो मुटुमा छैन कसो ?
मिचिसके कति खुला सीमाना नदी अनेकन शोषिसके
पछुुतो पर्ला भोलि आज नै युवकहरू हो ! हेर्छौ के ?
चार जात छत्तिस वर्णे सुन्दर यो फूलबारीमा
परचक्रीको चहलपहल यो मातृभूमिको छातीमा
युवापुत्र ! कति हेरिरहन्छौ आऊ न बाहिर आऊ छिटो
स्वाभिमानको शिर निहुर्राई बाँच्नुभन्दा मर्नु निको ।
तथाकथित यी भ्रष्ट राजनेताले देश डुबाइसके
हर्दाहर्दै मूल्यवान दशकाधिक वर्षगुजारीसके
जानाजानै र्सार्वभौम सत्ताको धज्जी उडाइसके
निरा व्यक्तिहरू स्वार्थपूर्तिमै परवशता स्वीकारिसके ।
यस्तो स्थितिमा राजनीतिको दलदलमा नफसेर तिमी
छाती फुकाई आऊ अगाडि युवकहरू ! चट्टान बनी
राष्ट्रघातीहरू जहाँ जहाँ छन् खोजी खोजी नाश गर
युवाशक्तिको सामु पराजित हुन्छ अवश्यै शत्रुगण ।
आजै अहिल्यै देशभरिका युवकहरू ! संगठित बन
राष्ट्रभक्तिको निम्ति अत्यन्तै गरिमामय दृष्टान्त बन
स्वदेशको अस्तित्व सुरक्षण गर्ने दृढ संकल्प गर
अतिक्रमित जे जति हुन् हाम्रो भू-सीमा विस्तार गर ।
राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा, हाम्रो भेष
राख्छौं हामी सदा सुरक्षित हाम्रो माटो हाम्रो देश ।
केवलपुरे किसान – घोरिँदै घोरिँदै
के दिनमा पसेछु सहर, सहर पस्न मलाई थिएन रहरलाउन खान टिबिल टिबिल छेलोखेलो होइन
पाखोबारी राम्रै थियो धान फल्ने चाहिँ होइन
गुजारा चाहिँ चल्थ्यो चल्थ्यो मरिहत्ते गर्दा
त्यहाँ बस्न मन लागेन बूढी थला पर्दा
अहिले पनि सम्झना भैरहन्छ मेरो केवलपुर
त्यतैतिर फर्कौं क्यार के छ तिम्रो सुर ?
अहिले पनि उस्तै छौ कि अलि राम्री भयौ
मैले छोड्दा तिमी अलि साँक्क सुँक्क रोयौ
आजसम्म जिउँदै छ है तिम्रो कोखको घाउ
तिमीसित झुम्मिनलाई गर्दै छ है दाउ
बेला बेला सम्झना भैरहन्छ सम्झना भैरहन्छ
मुटु केवलपुर म आउँ क्यार तिमीतिरै के छ तिम्रो सुर
आजसम्म उस्तै छन् कि ती बारिका पाटा
मेटिएका छन् कि छैनन् रगतका टाटा
दुइतिरको चेपुवामा कसो परिनछौ
त्यत्रो गडबड हुँदा पनि तिमी मरिनछौ
कोल्पुखोलो सोधिरहन्छ भन्थ्यौ तिमी पैले
पौडी खेल्न सिकाउँथ्यो सम्झना छ अैले
सलिन डाँडो के गर्छ हँ गाई चराउने पाखो
छहारीमा सुत्दा सुत्दै म गोठालो भा’को
ऐँसेलु खुब खाको
मेरो मुटु केवलपुर
फाल हालौँ कि कुनै दिन के छ तिम्रो सुर
नागढुङ्गाको छेडोबाट चियाउँदै हेर्छु
बाहिरतिर जाँदा बढी सास लामो फेर्छु
धार्के पुग्दा त्यै उकालो उक्लौँ उक्लौँ जस्तो
बुढेसकालको फितलो मन केश पाके जस्तो
कठैबरी माया लाग्छ मेरो केवलपुर
हस्याङफस्याङ आइपुग्छु कि पर्ख केवलपुर
बुढो कैले खुर्मुरिन्छ मन्मा कुरा खेलाऊ
बिप्लव प्रतिक – पुनरागमन प्रकाशको
म क्षितिजतिर टोलाइरहेछुअनन्त शून्यतिर अटुट नियालिरहेछु
युद्ध सहन नसकेर मैदानबाट भागेका मान्छेहरूबारे
यतिखेर म सोच्तैछु ।
यतिखेर बेल खस्दा तर्सेर भाग्ने खरायो सम्झिरहेछु,
जङ्गल सम्झिरहेछु, सृष्टि सम्झिरहेछु
अनि विनाश सम्झिरहेछु ।
यतिखेर म कर्तव्य सम्झिरहेछु, अधिकार सम्झिरहेछु
मार्गदर्शनहरू केलाईकेलाई हेर्दैछु
मान्छेको अधिकारभित्र प्रकाश छ
म प्रकाश सोचिरहेछु
तर, कति टाढासम्म फैलिएको छ उज्यालो ?
र यहाँ, यतिखेर कतै निभ्न त निभेनन् ?
म अधिकार सम्झिरहेछु
अनि कर्तव्य सम्झिरहेछु ।
अनि, कति मान्छेहरू अधिकार र कर्तव्यका कुरा
सहीसही सोचिरहेछन्, यो पनि सोचिरहेछु ।
आँखा पीरा, निस्तेज अनुहार
कलेटी परेका ओठ र छियाछिया पाइताला
तैपनि कति मान्छेले यात्रा बिसाएका छैनन्
ती सबको परिचय खोज्दैछु ।
यतिखेर पनि म क्षितिजतिरै टोलाइरहेछु
युद्ध सहन नसकेर भागेकाहरू
कर्तव्यबोधले फेरि फर्किरहेका सुनौला सपना
निकै चाख मानेर विश्वासका साथ आँखाले देखिरहेछ ।
थाहा छ मलाई
अन्तरविश्वास कहिल्यै पनि झूटा साबित हुँदैन
म यही सोचिरहेछु क्षितिजतिर नियालेर ।र्
कर्तव्यबोधले फर्किरहेका पाइलाहरूका पदचाप
निकै चाख मानेर विश्वासका साथ कानले पर्खिरहेछ ।
वन्धुविक्रम क्षेत्री – फुल्नेछन् सपनाहरू एक दिन
(मधुपर्क २०६६ भदौ)सूर्यमुखी फूलले तपतप
आँसु खसाल्ने छैन
बन्दुकको नालसँगै बतासिएर
उड्ने छैनन्, हूलका हूल चराहरू
सुनिनै छैन बस्तीहरूमा
बारुद गर्जिएको आवाज
बेमौसममा फडफडाउने छैनन्
लडाकु विमान र नाइटभिजनहरू
आकाश खुला हुनेछ र शान्त हुनेछ ।
रगत बग्ने छैन पानीझैँ नदीमा
न पानी बग्नेछ रगतमा
लासको दुर्गन्ध बोकेर होइन
सुवासित भएर बहनेछ हावा
तर्सिएर उड्ने छैनन्
पि्रय बचेरा छाडी चराहरू
स्वतन्त्रताको गीत गाइरहेका हुनेछन् ।
स्वःस्फुर्त नाचिरहेका हन्छन् ।
रगतको आहाल जम्ने छैन
बरु निर्मल पानीका सुन्दर कुवाहरू हुनेछन्
बलात्कृत हुने छैनन् चेलीहरू
बेवारिसे बन्ने छैनन् नानीहरू
बस्नुपर्ने छैन नब्बे वर्षे बाबुले
वीस वर्षे छोरोको क्रियाकर्म
रुने छैनन् बाबुको मृत्युको खबर सुनेर पनि
कमाण्डरको आदेशले घर जान नपाएका सैनिकहरू
बस्नुपर्ने छैन कोही आँसुको सागर बनाएर
वर्षौं भेट्न नपाएको पतिको बाटो हेरेर
हाँसिरहेको देशसँगै नाचिरहेका बालकहरू हुनेछन् ।
बिहानी लालीझैँ खेलिरहेका नानीहरू हुनेछन् ।
इतिहासको व्याज खानेहरू पाखा लाग्नेछन्
हुर्कने छैनन् सेता बुकीहरू सयपत्री, मखमलीझैँ
मेरी पि्रया
एकदिन यस्तो आउनेछ
चारैतिर खुसी नै खुसी छाउनेछ
कलङ्कित इतिहास भेट्टाएर
वीर पुर्खाहरूको गौरवगाथा
पढिरहेका हुन्छन् नानीहरू
तिनले बदल्नेछन्- हत्यारो बलात्कारी इतिहास
प्रत्येक सहिद दिवसमा
विजयोत्सव मनाउने छन् मानिसहरू
सहिदहरू पुजिनेछन्
सपनाहरू फुलिरहेका हुनेछन् ।
र एक दिन
हत्याराहरू इतिहासको
कहालिलाग्दो भीरमा मिल्क्याइनेछन् ।
लीलाप्रसाद बराल – एउटा नयाँ बस्ती बसाउँछौँ
अब यस रुखो पर्वतसँग के आस्थान कतै यसमा जंगल हुन सक्दछ
न कतै कसैको यसले मंगल हुन सक्छ
जो छन् हतियार सबै यसमा प्रयोग गरौँ
जो छौं सबै यसलाई ढाल्न सहयोग गरौँ
गर्भमा पत्रे चट्टान बोकेर यो
हाम्रै एउटा सुन्दर ठाउँ ओगटी रहेछ
हाम्रै एउटा मनोरम गाउँ ओगटी रहेछ
अन्जानमै सदिऔँ देखि हामी कतै मैदान भेट्नलाई
यसै ठाउँ भएर हिँडेका छौँ
बाटो बिराएर उहिल्यै देखि हामी सुन्दर बस्तीको कल्पना बोकेर
यसै ठाउँ कतै यतै डुलेका छौँ
यसैले त हाम्रो अमूल्य पसिना यसले लिइसकेको छ ।
यसैले त हाम्रो अमूल्य रगत पनि यसले पिइसकेको छ ।
फेदैदेखि खन्न थालौँ र यो एक दिन ढल्ने छ ।
फेरि पनि हाम्रो पसिना सिच्ने छ र यो गल्ने छ ।
जाउँ र सबैले साथ दिऔँ
जाउँ र सबैले हात दिऔँ।
यस्तै गीत गाउँदै जाउँ। यस्तै प्रीत लाउदै जाउँ
हामी एक दिन अवश्य यो नाङगो पर्वत धसाउँछौँ।
र एक दिन अवश्य यहाँ एउटा नयाँ बस्ती बसाउँछौँ।
कमल गुरुङ – रोएको नेपाल आमा
चार जात छत्तिस बर्णको साझा फूलबारीआज रक्तभूमीमा परिणत भएको छ l
विभिन्न थरीका वादहरुको पछी लगेर
एउटा नेपाली अर्को नेपालीकै शत्रू भएको छ l
ति लैबरीका भाखामा झुल्ने निर्दोष हातहरु आज, संगिनको बिषालु धारहरु संगै रेटिदै छ l
इतिहाँस त जित्नेहरुको लागि मात्र हो
आफैमा हरेर आफ्नै इतिहाँस मेटिदै छ l
तमाम नेपालीहरुको घर आँगनमा
सुख र शान्तिको चाहना खड्किएको छ l
देश निर्माणमा जुट्नु पर्ने हजारौ काँधहरु
आज, पहाडे र मधिशे भनेर भड्किएको छ l
त्येसैले, हे नेपाली नर-नारीहरु हो
भनिदेउ यो हिंसा के को लागि ?
हे नया इतिहाँस लेख्ने पारखीहरु हो
लेखिदेउ यो युद्ध के को लागि ?
बुद्धले फैल्याएको शान्तिको शन्देस
बम र बारुदको धूँवा बनेर मडारिएको छ l
बहूरुपी रुपहरु धारण गरी
फेरी युद्धको बर्षात हुन हतारिएको छ l
युद्ध होस् त नालापानिको जस्तो
जस्ले नेपाल आमाको नाम उच्च परोस् l
मातृभूमिको लागि प्राण आहूति दिने
शहिदहरुको रगत त्यसै खेर नजाओस् l
त्येसैले, किन गर्छौ हतियार बोकेर लडाई
अंगालीदेउ अब शान्तिको बाटोलाइ l
छाडिदेउ दाजुले आफ्नै भाइ मार्नलाइ
हँसाउनु परेको छ नेपाल आमालाइ l
दिगेश राउत – मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन
धेरै सोचेँ मैले, प्रयत्न धेरै गरेतिमी जस्तै बर्तमानको खोलो तर्न, ईतिहासको डुंगा पनि चडे
आफ्नै बिगत पल्टाउदै आँफै सँग पनि लडेँ
तर नेपाल र नेपालीको पहिचानको भार मैले बोक्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन|
तिमीलाई चम्किला हिराका टुकडा झैँ लाग्यो
मैले हिउँका थुप्रा देखेँ,
तिमी सगरमाथाको अगलाई नाप्दै ब्यस्त थियौ साथी
मैले पशु र मान्छे संगै भारी बोकेर हिंडेको देखेँ,
ओखतीको खोजीमा हिडेका डोके-यत्री भेटेँ
सन्सारका अग्ला ८ हिमाल छ भनेर सुनेको थिएँ
एउटा दुइटा त मैले पत्ता लगएँ
अरु त कता हराए भेट्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन।
हिॐ पग्लेर बनेका खोल्सासँग उर्लदैँ
पहाडका हरिया बन-जङ्गल छिचोल्दै
ठुला-ठुला पहाड काटेर तिमी अगाडी बढ्दै नै थियौ
तिमीझैँ मैले नी प्रयास गरेँ तर सकिन
त्यो ठाउँको बिकट्तासँग मैले झुध्न सकिन
त्यसैले,
म भने फुट्न अटेका हिम्तालबाट बच्दै,अनी भुईँचालो र पहिरो तर्कदै
एकपछि अर्को पहाड उक्लदै र ओरल्दै,एउटा थुम्कोबाट अर्को थुम्को घिर्लिङ् चढ्दै
भिरमा झुन्डिएर घाँस काट्ने घाँसीसँग,
कुटो र कोदलाबोकेर भीर-पाखामा करेसाबारी खन्ने खेतालासँग गफ गर्दै थिएँ
थकेर हैरान थिएँ, तिम्रो तिब्रता सँग-सँगै पाईला चाल्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन|
फेरि तिमी अगी बढ्दैनै गयौ
तराईका हरिया फाँट बिचै-बिच, धानका बालासँग झुल्दै
उर्लदै बग्ने खोलामा डुबल्की मार्दै,
म भने गोरु र भैंसीले खेत जोतेको हेर्दै थिएँ
अचानक नबाँधेको खोलो उर्लियो
घर-खेत अनी पुल सबै सोरेर लाग्यो
तिम्रो यात्रा चलीनै रह्यो आनि म त्यहीँनै अड्किएँ
मेरो चिट्ठी बोकेको हुलाकको गाडीनी हराएछ बगेर
त्यसैले त्यो रात प्वाल पारेको झुल भित्र टुकी बालेर,
लम्खुट्टेको टोकाइ सहँदै म यो यात्रा-सारांश लेख्दै थिएँ
खुला आकासमुनी बस्दापनी त्यो रात राहतको सास फेर्न सकिन
मैले हार खाएँ साथी, म तिमी जस्तो सच्चा नेपाली बन्न सकिन।
Comments
Post a Comment